close

हावाहुरीका कारण खोटाङको तुवाचुङ पालिकामा लाखौँको क्षति

हावाहुरीका कारण खोटाङको तुवाचुङ पालिकामा लाखौँको क्षति

Trulli
ADVERTISEMENT

काठमाडौं । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लाखौँको क्षति पुर्‍याएको छ । नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरी केही दिनदेखि लगातार परिरहेको वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दै गरेको अवस्थाको मकैबाली सोत्तर बनाउँदा लाखौँको क्षति भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेलगायत वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको उनले बताइन् ।

हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्‍याएको नगरका प्रवक्ता एवं वडा नं ७ महादेविस्थानका कमल गिरीले जानकारी दिइन् । 

जिल्लाभर मुख्यबालीका रुपमा लगाइने मकै खेती लगाउने गरिएको तर हावाहुरीले उत्पादन दिनै नसक्ने गरी मकैको बोट ढलेको किसानले बताएका छन् । घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् ।

मकैमा क्षति पुग्दा किसान निरास बनेको दुर्छिमका स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) का युवा नेता तामन राईले बताए ।