close

वीरगञ्ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी

वीरगञ्ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी

Trulli
ADVERTISEMENT

काठमाडौं ।  पर्सास्थित वीरगञ्ज महानगरपालिकाले श्वेतपत्र सार्वजिनक गरेको छ ।

डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको टोलीद्वारा तयार श्वेतपत्र आइतबार  एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

महानगरपालिकाका अनुसार महानगरपालिकाको आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधारलगायत विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र सार्वजनिक गरिएको हो ।

महानगरपालिकाले सार्वजनिक गरेको ३८ पृष्ठको श्वेतपत्रमा जनशक्तिको चर्को अभाव रहेको पालिकाभित्र सम्पन्न भइसकेका वा सम्पन्न हुन बाँकी रहेका ठूला आयोजना सम्झौताअनुसार निर्माण तथा सञ्चालन नभएको उल्लेख गरिएको छ ।

महानगरपालिकामा कायम रहेको कूल दरबन्दीको ३८ प्रतिशत जनशक्ति मात्र रहेको छ भने फोहर व्यवस्थापन केन्द्र, पानी प्रशोधन केन्द्र, अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रलगायत ठूला परियोजना सम्झौताअनुसार सञ्चालनमा नरहेको संयोजक चौधरीले जानकारी दिए । 

अगाडिको नेतृत्वको कमजोरीका कारण प्रतिकिलो पाँच रुपैयाँ ४२ पैसाको लागतमा फोहर सङ्कलन भइरहेको बताए । 

नगरप्रमुख राजेशमान सिंहले पहिलेको नेतृत्वको कमीकमजोरीका कारण महानगरपालिका आर्थिक तथा भौतिकरूपमा कमजोर भएको  बताए । 

पालिकामा बेरुजु बढ्दै गएको र निर्माण भएका ठूला पूर्वाधार एक वर्ष नबित्दै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । महानगरपालिकाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र  ल्याउनुपरेको उनले बताए ।