close

डिलाशैनी गाउँपालिकाले करार कर्मचारी हटाउने

डिलाशैनी गाउँपालिकाले करार कर्मचारी हटाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले करारमा रहेका कर्मचारीलाई हटाउने भएको छ । गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु)का अनुसार आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय भएको र सोपछि करारमा कार्यरत कर्मचारी हट्नेछन् । 

उनले भने, ‘हामीले २०७८ चैतमा चुनावको मुखमा विनाविज्ञापन नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेका हौँ । उनीहरूको ठाउँमा हाम्रा मान्छे राख्न हटाइएको होइन ।’

१७ असारमा बसेको गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भट्टले बताए । हटाउने प्रक्रियामा रहेका करारका कर्मचारीलाई साउन १ गतेबाट तलबभत्ता नदिने उनले बताए ।

उनले भने,‘पारिश्रमिक खुवान सक्ने अवस्था छैन । यसअघिको तलब पनि जेनतेन जनप्रतिनिधिको सेवासुबिधा र लक्षितवर्गको बजेटबाट कटौती गरेर खुवायौँ ।’

हटाइएका कर्मचारीमा ३० पुस २०७८ को कार्यपालिका बैठकको निर्णयको आधारमा १ चैतमा नियुक्ति दिएको पाइएको डिलाशैनी–७ का वडाध्यक्ष प्रकाशमणि भट्टले बताए ।