close

देवचुली नगरपालिकाले तोक्यो ट्याक्टर जोताइको दररेट

देवचुली नगरपालिकाले तोक्यो ट्याक्टर जोताइको दररेट

Trulli
ADVERTISEMENT

नवलपुर । देवचुली नगरपालिकाले नगर क्षेत्रभित्र लागु हुने गरी ट्याक्टर जोताइको दर तोकिदिएको छ ।

ट्याकटर व्यवसायी, कृषक तथा उपभोक्ता समितिका प्रतिनिधिहरुको बैठकबाट ट्याक्टर जोताइको दर तोकिएको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि र कृषकको समस्यालाई मध्यनजर गर्दै जोताइको दर तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले पालिकाखबरलाई बताए । 

आइतबार नगर प्रमुख हरिप्रसाद न्यौपानेको संयोजकत्वमा विषयगत समितिका संयोजक समेतको बैठकबाट डिजेलको दररेट परिवर्तन हुँदाको अवस्थालाई समेत मध्यनजर गर्दै ट्याक्टर जोताई दर कायम गर्ने निर्णय भएको हो ।

आइतबारको सो निर्णय अनुसार डिजेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम थियो । सो मूल्यमा ट्याक्टर जोताइको दर कल्टी हाइरो प्रतिघण्टा २२०० रुपैयाँ र रोडा भेटर प्रतिघण्टा २३०० रुपैयाँ तोकिएको थियो । 

तर नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि डिजेलमा ९ रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १७२ रुपैयाँ कायम गरेसँगै ट्याक्टर जोताइको दरमा पनि परिवर्तन भएको प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए ।

अब आज (मंगलबार)देखि ट्याक्टर जोताइको दर कल्टी हाइरो प्रतिघण्टा २३०० रुपैयाँ र रोडा भेटर प्रतिघण्टा २४०० रुपैयाँ कायम भएको नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् दररेट: