close

महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै उपस्थिति भएको हुँ : राणा ​​​​​​​

महाभियोग निष्क्रिय भइसक्यो, संसद्को सम्मानका लागि मात्रै उपस्थिति भएको हुँ : राणा ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र राणाले आफूविरुद्ध लगाइएको महाभियोग निष्क्रिय भएको बताएका छन् । 

बुधबार महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान दिने क्रममा पूर्वप्रधान्यायाधीश चोलेन्द्र राणाले यस्तो बताएका हुन् ।

यस्तै, उनले आफूमाथि मिडिया र राजनीतिक दलले पूर्वाग्रह राखेको आरोप लगाएका छन् । 

संसद्ले लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि संसद्को सम्मानका लागि मात्रै आफू बैठकमा आएको बताए ।

आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गरे ।

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो ।

राणाविरुद्ध गत फागुन १ गते संसद्मा महाभियोग दर्ता भएको थयो ।