close

१४ दिनभित्र जडान सिसिटिभीबारे जानकारी दिन पनौती नगरको अनुरोध

१४ दिनभित्र जडान सिसिटिभीबारे जानकारी दिन पनौती नगरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले  नगर क्षेत्रमा जडान भएका सिसिटिभी जडानबारे जानकारी गराउन अनुरोध गरेकाे छ । 

नगरले बुधबार एक सूचना जारी गरी नगवासीहरुमा १४ दिनभित्र सोको नगर प्रशासनमा पठाउन अनुरोध गरेको हो । 

‘नागरिकहरुले आफूनो पेसा व्यवसायलगायत निजी घर सम्पतिको सुरक्षामा सहयोग पुन्याउने हेतुले कतिपय स्थानमा सिसिटिभी जडान गरेको जानकारी हुन आएकाले सिसिटिभी  जडान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेमा त्यस्ता जडित क्यामेरा कुन प्रयोजनका लागि के-कति संख्या र क्षमताका कहाँ- जडान गरिएका छन्, अनुमति लिएको भए कुन निकायबाट कहिले लिएको स्पष्ट विवरण
खुल्ने गरी यो सूचना प्रकाशन भएको मितिले १४ दिन भित्र पनौती नगरपालिकाको प्रशासन शाखामा आई पुग्ने गरी विवरण पेश गरी सहृयोग पुग्याइ दिनुहुन  सम्बन्धित सवैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’