close

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो

Trulli
ADVERTISEMENT

चितवन । नारायणगढ-मुग्लिङ सडकअन्तर्गत तीन ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

भरतपुर-२९ को केराबारी, इच्छाकामना-६ को २ र ३ नम्बर पुलको बीचमा पहिरो गएको हो ।

सोही ठाउँको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै भरतपुर २९ सत्रकिलोमा पनि पहिरो गएको छ ।

केराबारी र इच्छाकामनाको पहिरो पन्छाइसकेपछि सत्रकिलोको पहिरो पन्छाउने प्रहरीले जनाएको छ ।

तीन ठाउँको पहिरोले गर्दा नारायणगढ मुग्लिङ सडकखण्डमा रातिदेखि नै सवारीसाधन संचालन हुन सकेको छैन ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।

यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ ।

यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।

मेलम्चीमा पहिरो, सडक अवरुद्ध

बेनी-जोमसोम सडक अवरुद्ध