close

मालिका गाउँपालिकामा पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

मालिका गाउँपालिकामा पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

Trulli
फाइल फोटो
ADVERTISEMENT

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।
 
गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए ।

घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।