close

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

Trulli
ADVERTISEMENT

चितवन । २३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ ।

सडक संचालनमा आएको साढे चार घण्टा पछि पुनः सडक अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण पहिरो खस्दा सोमबार राति ११ बजे देखि बन्द भएको सडक मंगलबार ९:४० बजेतिर सुचारु भएको थियो ।

यसैबीच गएराति नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ को केराबारी (मौरीखोल पुल नजिकै) माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक पुनः दुबैतर्फ अवरोध भएको छ ।

हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो । गए रातिको पहिरोका कारण नारायणगढबाट मुग्लिन जाँदै गरेको एक ईण्डियन मिनी ट्रकको पछाडीको भाग सामान्य रुपमा पुरिएको छ ।

अहिले बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा  यात्रु अलपत्र परेका छन् ।