close

रसुवामा पहिरोले सडक बगायो

रसुवामा पहिरोले सडक बगायो

Trulli
ADVERTISEMENT

रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडक अवरुद्ध भएको छ । 

गएरातिको वर्षापछि उत्तरगया गाउँपालिका–५ स्थित बनुवामा कालोपत्रे सडक पहिरोले बगाएकाे हाे ।​

​पहिरोका कारण सडक पूर्ण क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । 

सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या भएको छ ।

पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।