close

दाङको देउखुरी उपत्यका जलमग्न

दाङको देउखुरी उपत्यका जलमग्न

Trulli
ADVERTISEMENT

काठमाडौं ।   चार दिनयता लगातार परेको वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ ।  

देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् ।

राप्ती नदीकै पानी बस्ती पसेपछि राप्ती गाउँपालिका आसपासका क्षेत्र पनि डुबानमा परेका छन् ।

 

रप्ती नदी र सिक्रहवा खोलाको बाढी बस्तीमा पस्दा डुबानमा परेका हुन् । गढवाका गाउँपालिका अनुसार गढवा–५ को बोधीपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा–७ कान्छिगाउँ लगायतका बस्तीमा बाढी पसेको छ ।

राप्ती नदीमा पानीको बहाव बढेका कारण कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनियालगायत गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।