close

हुम्लामा गएकाे पहिरोमा परेर चारको मृत्यु

हुम्लामा गएकाे पहिरोमा परेर चारको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । हुम्लामा गएकाे पहिरोमा परी  चार जनाको मृत्यु भएको छ । 

हुम्लाको चंखेली गाउँपालिकामा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको र  ५ जना घाइते भएका प्यारीलाल शाहीले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर वडा नं ६ का मानवीर विकको घर पुरिएको छ । 

जसमा परेर ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विकको मृत्यु भएको हो । घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए ।