close

छायाँनाथको पहिरोमा परी ८को मृत्यु, २४ घण्टापछि मात्रै पुग्यो उद्धार टोली

छायाँनाथको पहिरोमा परी ८को मृत्यु, २४ घण्टापछि मात्रै पुग्यो उद्धार टोली

Trulli
ADVERTISEMENT

काठमाडौं । मुगुको छायाँनाथ नगरपालिकामा गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । नगर उपप्रमुख ऐश्वर्य मल्लका अनुसार शनिबार राति वडा  गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । 

उनका अनुसार पशुचौपायाँको पनि मृत्यु भएको छ । जसमध्ये वडा नम्बर ७ बाट करिब २५ मृत पशुचौपायाँ निकालिएको छ भने अन्यको खोजी कार्य भइरहेको छ । 

लगातार परेको वर्षाका कारण नगरबासी सञ्चार सञ्चार माध्यमबाट विच्छेद भएका बेला गएको पहिरोका कारण स्थानीय त्रसित भएको उनले बताइन् । 

पहिरोका कारण नगरपालिका सडक सञ्जालबाट पनि विच्छेद भएको उनको भनाइ छ ।  सञ्चार र सडक सञ्जाल अवरुद्ध हुँदा जिल्लाबाट उद्धारका लागि २४ घण्टापछि मात्रै सुरक्षाकर्मी घटनास्थल आइपुगेको उनले बताइन् । सुरक्षाकर्मीसहति करिब ४०० उद्धारकर्मीबाट उद्धार कार्य भइरहेको उनले बताइन् । 

पहिरोले धान, कोदो लगाएको उर्वर जग्गामा पनि पहिरोले क्षति पुर्‍याएको बताउँदै उनले धेरै घरमा बस्न नमिल्ने गरी क्षति पुगेको जानकारी दिइन् ।