close

बाढी प्रभावित स्थानीय तहमा संकटग्रस्त क्षेत्र घोषण गर्न माग

बाढी प्रभावित स्थानीय तहमा संकटग्रस्त क्षेत्र घोषण गर्न माग

Trulli
ADVERTISEMENT

काठमाडौं । जुम्ला सिञ्जा क्षेत्रका तीन स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सिञ्जा क्षेत्रका कनकासुन्दरी, हिमा र सिञ्जा गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकार समक्ष माग गरेको हो।

अविरल वर्षाका कारण ती स्थानीय तहमा जनधनको क्षति भएकाले सङ्घीय सरकारलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।

बैठले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को ९१० बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिञ्जा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडानं १, ३, ४, ६, ७ र ८ तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको वडा नं। ३ लाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको  बताइएको छ ।