close

भूकम्पपछि रातभरी घर बाहिर बसे स्थानीय

भूकम्पपछि रातभरी घर बाहिर बसे स्थानीय

Trulli
ADVERTISEMENT

बझाङ । शनिबार राति बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्र बिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।

शनिबार राति ८ बजेर १२ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनएको थियो।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्प सुदूरपश्चिम प्रदेशमा विगत ४० वर्ष यताको सबैभन्दा ठुलो थियो। खप्तड केन्द्रबिन्दु रहेको त्यो भूकम्पपछि खप्तड राष्ट्रिय निकुञ्ज आसपास सयौँ पराकम्पसमेत आएका छन्। सो केन्द्र बिन्दु नजिकै रहेको पाटादेवलमा केन्द्र बिन्दु बनाएर शनिवार राति आएको भूकम्पले खप्तड छान्ना गाउँपालिका – ४ बस्ने ईश्वर प्रसाद जोशीको घर भत्केको छ।

गाउँपालिका भित्रका अधिकांश घरहरू चर्केर बस्न योग्य नरहेको बताइएको छ। शनिबार राति केही घर भत्के पनि मानवीय क्षति भएको छैन।

फेरि भूकम्प आउन सक्ने डरले स्थानीयले घर बाहिर बसेर आगो ताप्दै रात कटाएका छन्।

बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले पनि कुनै मानवीय क्षति नभएको तथा पाटादेवल प्रहरी चौकी , खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको नेपाली सेनालाई परिचालन गरिएको बताए । गाउँपालिका भरि झन्डै एक सय भन्दा बढी घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ।

शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको हो।

पाटादेवल प्रहरी चौकीले जनाए अनुसार गत मंगलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि बाहिर बस्न माइकिङ गरिएको हो। प्रहरीका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका थिए ।