प्रदेश प्रमुखलाई बुझाइयो प्रदेश लोकसेवाको वार्षिक प्रतिवेदन
गत आर्थिक वर्ष २०७७/७८ को प्रथम वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पेस गरिएको हो 
शैक्षिक क्षेत्रमा अब्बल बन्दै वीरेन्द्रनगर 
वीरेन्द्रनगरमा रहेका १४७ सामुदायिक तथा निजी विद्यालयमा कोरोनाको समय पनि विभिन्न माध्यममार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिइँदै
दैलेखमा ग्यास र पेट्रोल खानी भएको चिनियाँ प्राविधिकको पुष्टि
दैलेखको श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपास ग्यास र पेट्रोल खानी रहेको चिनियाँ टोलीको निष्कर्ष
बेहाल प्रदेश राजधानीकै सडक : पानी पर्दा ताल, घाम लाग्दा बुङबुङ्ती धुलो
सुर्खेतको सुब्बाकुना–बांगेसिमल, मंगलगढी–काँक्रेविहार–एयरपोर्ट चोक र नगरपालिकाका वडा जोड्ने सडकको अवस्था बेहाल भएपछि नागरिकलाई सास्ती
राउटे भाषाको लिपि तयार गरिँदै
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले राउटे भाषाको लिपि तयार गर्ने भएको हो 
स्मार्ट सिटीलाई गिज्याइरहेछ दुल्लु 
इतिहासको जुम्ला सिँजा राज्यको हिउँदे राजधानी दुल्लु नगरपालिका प्राकृतिक रूपमा भने स्मार्ट सिटीजस्तै भए पनि भौतिक पूर्वाधार निर्माण शून्य 
सुस्त गतिमा भेरी–बबई बहुउद्देश्यीय आयोजना : हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै 
आयोजना प्रभावित क्षेत्रका स्थानीय र जनप्रतिनिधिले दिए सहमति कार्यान्वयन नभए काम अगाडि बढ्न नदिने चेतावनी
बलात्कारको आरोप लागेका प्रदेश मन्त्री शाहीलाई बर्खास्त गर्न माग
एक महिलाद्वारा २०७६ माघमा मन्त्री शाहीले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि घटना बाहिर आएको हो 
सहमतिपछि खोलियो मध्यपश्चिम विश्वविद्यालयको ताला 
विद्यार्थीले विभिन्न माग राख्दै विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला सहमतिपछि खुलेको हो 
चिकित्सकको मनमुटावले दुल्लु अस्पताल डाक्टरविहीन
तीन जना कार्यरत रहेको दुल्लु अस्पतालमा आन्तरिक कलहका डाक्टर नभएपछि बिरामी रित्तो हात फकिर्नुपर्ने बाध्यता
नागरिकको ज्यानमाथि ठाटीकाँधको खेलवाड, पैसा नतिरेपछि बिरामी बोक्न एम्बुलेन्ससम्म दिइएन 
मञ्जु विककी डेढ महिने छोरीको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार हुन नसकेपछि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिए पनि समयमै नलगिँदा मृत्यु 
कर्णालीमा नाम मात्रैको हेल्लो मुख्यमन्त्री सेवा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको हटलाइन सेवामा प्रत्येक वर्ष गुनासा बढ्नुको साटो घट्दै गएपछि प्रश्नैप्रश्न
समयमै मल पाउँदा दंग छन् किसान
गत वर्ष रासायनिक मल नपाएर भौतारिएका किसान यो वर्ष समयमै पाएपछि बाली सप्रिने आशमा
सवारी गुड्नेमा खाल्डाखुल्डी, फाेटाे खिच्ने ठाउँ कालोपत्रे
मान्छे आउजाउ हुने ठाउँ र मुख्य बजार क्षेत्रका खाल्डाखुल्डी बनाउनेभन्दा मान्छे नहुने ठाउँमा गरिएको सडक कालोपत्रे टिकटकमा भयो भाइरल
कर्णाली राजमार्गको दुर्दशा: हिउँदमा धुलाम्मे, बर्खामा हिलाम्मे
कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन 
भोकसँग लड्दालड्दै एक महिनामै तीन जनाले गुमाए ज्यान
कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदायका मानिस जंगल छाडेर सहर छेउछाउ बसोबास गर्नु र मदिरापानमा लिप्त हुन थालेपछि रोगको सिकान हुँदै
आहा भैरवी ! तर पूर्वाधार खै ? 
व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने आन्तरिक पर्यटकले तनाव बिर्सन्छन् । मन भुलाउँछन् । मनले इच्छाएको हे भैरवी पुर्‍याइदेउ भन्दै पुकार्छन्
एक महिनामै तीनजनाको मृत्यु भएपछि राउटे समुदायको स्वास्थ्य जाँच
मदिरा पिउन र दिन प्रतिबन्ध लगाउए मात्र राउटे संरक्षण हुने नत्र यसै विषादी मदिरा पिएर मृत्यु हुँदै जाति नै लोप हुने चिन्ता
टिकटकमा ‘भाइरल रोड’को कथा 
कमला शाहीले टिकटक चलाउँदै गर्दा सडकमा बनेका भिडियोहरू देखिन् । भिडियो हेरेपछि उनी शनिबार पहिलोपटक सडकमा पुग्दा  सोचेभन्दा धेरै मानिस थिए
कोरोना प्रभावित भोकै, कोटामा आएको चामल माटोमा गाडियो 
कोरोना महामारीमा गरिब विपन्न परिवारलाई राहत दिन खरिद गरेको चामल जनतालाई नदिएरै सडाइएको पाइएको छ
सुर्खेतमा प्रहरीद्धारा गाँजा नष्ट
सडक खण्ड तथा स्थानीयको बारीमा प्राकृतिक रुपमा उम्रिएको ठुलो परिणामा हरियो गाजाँ नष्ट गरेको हो
अपडेट नै छैनन् गाउँको सरकारका वेबसाइट 
अधिकांश स्थानीय तहहरूले आफ्नो सबै विवरण वेबसाइटमा राखेको देखिदैन
अत्यधिक रक्तश्रावले सिकिस्त भएपछि सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्दार
आठबीस नगरपालिका वडा नम्बर ९ छेपाडीकी २५ वर्षीया सुत्केरी विकलाई सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगियो 
कर्णाली प्रदेश प्रहरीले उठायो २ करोड बढी राजस्व 
गत साउनदेखि असार मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने २९ हजार ८ सय ९२ सवारीसाधनलाई कारबाही गर्दा उक्त परिणामको राजस्व उठेको हो 
३ वर्षमा कर्णालीबाट हराए १९ सय महिला र बालबालिका  
अभिभावकलाई अध्ययन, रोजगारी र सुख-सुविधाको प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई बेपत्ता बनाइने गरेको प्रदेश प्रहरीको अनुमान
कर्णाली प्रदेशमा कोभिडविरुद्धको खोप अभियान
अभियानअन्तर्गत कर्णालीका ७६ हजार बढी नागरिकलाई खोप लगाइने
कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डमा निर्माण भए १२ पक्की पुल
सडक डिभिजन कार्यालय सुर्खेतले २०७४ जेठदेखि निर्माण थालेका १२ मध्ये तिलाखोलाबाहेक सबै पुल २०७७ मा सम्पन्न भएसँगै यात्रुले पाउने सास्ती हट्दै
कर्णाली नदी आसपासका बस्ती बाढीपहिरोको उच्च जोखिममा 
कर्णाली नदी आसपासका सान्नी त्रिवेणीको शान्तिघाट बजार, महावैको पादमघाट, तिलागुफाको नाग्म बजार, पचालझरनाको भुराबगर र जिते बजार बाढीपहिरोको उच्च जोखिममा 
विद्यार्थी आन्दोनका कारण एमयुका सबै परीक्षा स्थगित
विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयुका विभिन्न संकायका परीक्षा स्थगित
सहाराविहीनको टेको बन्दै साझाघर
२७ बालिका र ४२ बालक गरी ६९ जना असहायलाई आश्रय दिँदै गास, बास र कपासको व्यवस्था गरेर अभिभावक बन्दै साझाघर
बदेल धपाउन बारीमै बास
दुल्लु नगरपालिका वडा नम्बर १० मा बँदेलले मकै बाली नष्ट गर्न थालेपछि भोकमरी निम्तिने त्रासमा किसान 
सुर्खेतमा थपियो निषेधाज्ञा
गत १४ वैशाखदेखि जारी निषेधाज्ञा सुर्खेतमा अझै हटेको छैन
मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला
क्याम्पससमक्ष पेस गरिएको १८ बुँदे मागप्रति प्रशासन उदासीन रहेकोे भन्दै विद्यार्थीले लगाए ताला 
घरेलु रक्सी: कतै ब्रान्डकाे कष्ट, कतै ड्रमका ड्रम नष्ट
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ३ दिनमा ७ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो 
कर्णाली प्रदेशको बजेट खर्च ६५ प्रतिशत मात्रै
प्रदेशले कुल ३३ अर्ब ७४ करोड १३ लाखमध्ये २१ अर्ब ९६ करोड २ लाख रुपैयाँ मात्रै बजेट खर्चिएको हो 
ठाटीकाँधको एनसिसी बैंकमा ओइरिए सेवाग्राही
पालिकामा रहेको बैंक शाखामा विकासे बजेटको रकम भुक्तानी लिन सर्वसाधारणको ठेलमठेल
उच्च अदालत सुर्खेतबाट ६४ प्रतिशत मुद्दाको छिनोफानो  
उच्च अदालतले सुर्खेतको गत आर्थिक वर्षको न्याय सम्पादन तुलनात्मक रुपमा प्रभावकारी देखिएको छ
बालीघरे प्रथाको विद्रुप रुप: आरनमै बित्यो जुनी
दैलेखमा करिब डेढ सय बढी परिवार अझै पनि बालीमै आफ्नो श्रम बेच्न बाध्य 
क्लिन कर्णाली अभियानमा जुटे तन्नेरी
कोरोना महामारीका कारण लामो समयसम्म बन्द बुलबुलेमा युवा समूहले सरसफाइ सरेको हो 
गबारोले मकैबाली स्वाहा, गाउँको सरकार बेखबर 
ठाटीकाँध वडा नम्बर २ मा करिब ४ सय रोपनीमा लगाइएको मकैबाली फौजी किराले नष्ट ग¥यो
कर्णाली प्रदेशमा लुम्बिनीको सिको, सरकारले ल्यायो अध्यादेशबाटै बजेट
प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले पनि अध्यादेशबाटै बजेट ल्याएको छ
लोपोन्मुख राउटे जातिलाई मूल प्रवाहीकरणमा ल्याइने
नीतिमा स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्नेसम्मका कार्यक्रम समावेश
ठाटीकाँधका किसानलाई बाँडियो मुर्रा जातका भैँसी
दैलेखको ठाटीकाँध गाउँपालिकाले किसानलाई ५० वटा मुर्रा जातका भैँसी वितरण गरेको छ
कोरोना नियन्त्रणको अग्रपंक्तिमा खटिनेलाई ३ करोड जोखिम भत्ता
प्रदेशले निकासा गरेको रकम विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम भत्ताबापत उपलब्ध गराइने
ठाटीकाँधमा किसानले पाए मौरीका घार
दैलेखको ठाटीकाँध गाउँपालिकाका कृषकलाई मौरीका १९० घार वितरण गरिएको छ
एक गाग्रो पानी पाउन घन्टौँ लाइन बस्छन् वीरेन्द्रनगरका नागरिक
अघिपछि जसोतसो पानीको जोहो भए पनि गर्मीयाममा कर्णाली मुकाममा खानेपानीको हाहाकार
प्रदेश मुकाम वीरेन्द्रनगरमा पटके लोडसेडिङ अन्त्य गर्न व्यवसायीको चेतावनी
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर सुर्खेतमा हुँदै आएको पटके लोडसेडिङ अन्त्य गर्न व्यवसायीले २ दिने अल्टिमेटम दिएका छन्
उपप्राध्यापको बदमासी: परीक्षामा सहभागी नभएकालाई उत्तीर्ण गराएपछि पद चट्
यादवलाई परीक्षामा सामेलै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएकामा र पन्तलाई प्रश्नपत्र आउट गरेकामा बर्खास्त गरिएको हो ।
प्रदेश गौरव आयोजनामा समेटियो सुर्खेतको वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रादेशिक रंगशाला
प्रादेशिक रंगशाला निर्माण गरेर दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रदेश सरकारको लक्ष्य 
१ करोड लगानीको खानेपानी आयोजना ३ वर्षदेखि अलपत्र 
आर्थिक वर्ष २०७५/०७६ मा १ करोड  १५ लाख रुपैयाँ बजेट छुट्याएर काम सुरु भएको खानेपानी योजना तीन वर्ष पुगिसक्दा पनि सम्पन्न हुन सकेको छैन
कोरोना प्रभावित विपन्नलाई घरगाउँमै रोजगारी
कोरानाका कारण बिहान-बेलुकाका खर्च जोहो गर्न नसकेका सेरीपाटा र टम्टाल्लाका ११४ घरधुरीलाई भकारी कार्यक्रमअन्तर्गत दिइयो काम
जर्बुटामा भरिँदै आन्तरिक यायावर
बेलाबेला वहकिएको मनलाई शान्त बनाउन, भर्खरै मुना पलाउँदै गरेका पे्रमिल जोडी र कोरोनाले घरमा बस्दा दिक्क भएकालाई रिफ्रेस बनाउँछ जर्बुटा 
एमाले माननीय सत्तापक्ष र प्रतिपक्ष दुवैतिर घुसेपछि कर्णाली प्रदेशसभा बैठक निरन्तर अवरुद्ध 
सर्वोच्चले पद जोगाइदिएका एमाले माधव नेपाल समूहका चार सांसदले मुख्यमन्त्री शाहीलाई अँठ्याएपछि प्रदेशसभा बैठक बस्नै सकेन
सुर्खेतमा लम्बियो निषेधाज्ञा
संक्रमणको जालो तोड्न र जोखिम नियन्त्रण गर्न सुर्खेतमा पुनः थपियो निषेधाज्ञा
४ वर्षमा २ हजार बढी आपराधिक घटना
कर्णाली प्रदेश मुकामसमेत रहेको सुर्खेतमा चार आर्थिक वर्षमा २ हजार ३ सय ३४ वटा अपराधका घटना भएका छन्
रोगले भन्दा भोकले तड्पिदैछन् हरिकलाहरू 
माटोको सुल्पा बनाएर जीवन चलाउँदै आएकी हरिकलालाई जारी निषेधाज्ञाका कारण घरबाहिर निस्किन नसक्दा भोकले मरिने चिन्ता छ
कर्णालीका १० वटै जिल्लामा खुकुलो बन्दै निषेधाज्ञा
कर्णाली प्रदेशमा कोरोना संक्रमण निरन्तर ओरालो लागेपछि प्रदेशका जिल्लामा निषेधाज्ञा खुकुलो हुन थालेको छ
फौजी किराले खायाे मकै बाली, भोकमरी निम्तिने त्रास
दैलेखका ठाटीकाँध गाउँपालिकासहित ११ वटै स्थानीय तहका मकैबारीमा फौजी किरा पसेपछि किसानलाई थपियो चिन्ताको भारी
आज धान दिवस, कर्णाली प्रदेशमा सार्वजनिक बिदा
धान दिवसको अवसर पारेर कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये जुम्ला बाहेक अन्य नौ वटा जिल्लामा बिदा दिइने भएको हो
एमाले किचलोले कर्णाली प्रदेश सभामा अवरोध 
कर्णाली प्रदेशसभा बैठक आज(आइतवार) पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा अवराेध गरेको छ
वीरेन्द्रनगरको बजेट १ अर्ब ५६ करोड 
वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख ६२ हजारको बजेट ल्याएको छ
प्रदेश मातहत आएपछि फेरिएको एउटा अस्पताल
अस्पतालमै प्रदेश सरकारले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना बनाएको छ
बाढीपीडितको कष्टकर दैनिकी: ओछ्यानमै पुग्छ पानी 
बाढीपीडितलाई कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले पीडामाथि पीडा थोपरेको छ
सडकमा रोग, पेटमा भोक, सडक नै भयो सबैथोक
हुर्केका महिलालाई कोरोनाभन्दा भोकको चिन्ताको चपेटाले लपेटेको छ
वीरेन्द्रनगरका नगरप्रमुखको दिनचर्या: संक्रमितलाई घरमै पुर्‍याउँछन् औषधी 
कर्णाली प्रदेश मुकाम रहेको नगरपालिकामा कोरोना संक्रमित बढेपछि होम आइसोलेसनमा बसेका नागरिकलाई ढाडस दिँदै नगरपालिका सरकार
निषेधाज्ञाले छोएन किसानलाई: दैलेखमा मकै रोप्ने चटारो
समयमै पानी परेपछि दैलेखको ठाँटकाँधका बारीमा मकै रोप्न सुरु
प्रकृति निहाल्दै ‘प्रकृति’ का कुचिकार 
वसन्त याममा पानी परेसँगै चारैतिर हरियाली छाउँदा दैलेखको ठाटीकाँधमा देखिन थाले प्रकृतिका यायावर गिद्ध  
खातीगाउँ र टोम्टाल्लाका घरआँगनमै छ्यालब्याल पानी
ठाटीकाँध गाउँपालिकाको लगानीमा खानेपानी आयोजना निर्माण भएपछि खोलाबाट पानी जोहो गर्ने अवस्था हट्यो
लामाेसमयदेखि ट्राफिक कार्यालयमै थन्किए १३० सवारी 
बिलबुक फेल भएका, ट्राफिक कारबाहीमा परेर ल्याइएका सवारीसाधन मालिक नआएपछि कार्यालयमै थन्किए 
गुराँसे टावर: नठडिँदै ओइरिए आगन्तुक
गुराँसे वरपर पलाएका नयाँ पालुवाले यहाँ आएका सयौँ प्रेमिल जोडीहरू भावनामा डुब्दै छुट्टै कल्पनाको संसारमा डुबुल्की मार्छन्
चर्चाले चुलिँदै सुर्खेतका ३ नयाँ पर्यटकीय गन्तव्य 
कर्णाली प्रदेश मुकाम वीरेन्द्रनगर नजिकै रहेका पाताल दरबार, सहिद पार्क र डीएनपी डाँडामा आन्तरिक पर्यटकको थामिनसक्नु भीड 
२ वटा ट्यांकी बनाएर अलपत्र पारियो ३० लाखको खानेपानी आयोजना
गाउँपालिकाको वडा नम्बर १ नदाईमा रहेको ३३ लाख लागतकोे खानेपानी योजना अलपत्र परेपछि साढे २ सय घरधुरी खानेपानी पिउनबाटै वञ्चित 
एउटा स्वास्थ्य केन्द्र जहाँ सिटामोल पनि पाईंदैन
स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भए पनि ५ महिना बसेर हिँडे, एचए र अनमीका भरमा सञ्चालन
भारतमा कोरोना बढेपछि धमाधम घर फर्किंदै कर्णालीबासी
रोजगारीका लागि भारत गएका कर्णालीबासी कोरोना बढेसँगै स्वदेश फर्किन थाले
ढुंगामा हिरा फलाउने कलमबहादुर 
२०५१ मा कृष्णा बागवानी कृषि फलफूल तथा घाँस नर्सरी फार्म दर्ता गरेर सुरु गरेको बाख्रापालन र नर्सरी चम्किएपछि कर्णालीकै उत्कृष्ट किसानमा छनोट
कर्णाली प्रदेश मुकाममा बढ्यो वायु प्रदूषण: सचेत रहन विभागको आग्रह
अधिक वायु प्रदूषणका कारण सुर्खेत उपत्यकाको आकाश बिहानैदेखि धुमिलिँदा घाम लाग्न सकेन 
कर्णाली प्रदेशका ३ मन्त्रीले दिए राजीनामा 
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री नन्दसिंह बुढाले राजीनामा दिए
कागजमै सीमित भाे जातीय छुवाछूतमुक्त घोषणा
कथित उपल्लो जातका मरे गाउँघरमा मलामी जान्छन् दलिय समुदाय तर पुण्यतिथिमा पानी छुन र एउटै भान्सा वर्जित
३ वर्षदेखि आवाजविहीन घन्टाघरको घडी
४ वटै भित्ताबाट समय हेर्न मिल्ने उक्त घडीका सुई बिग्रिएर अलपत्र 
कर्णालीमा बढ्दै उद्योग दर्ता गर्नेको संख्या 
प्रदेश सरकार गठन भएको ३ वर्षे अवधिमा सुर्खेतमा ३ हजार ८ सय १३ उद्योग दर्ता भएको तथ्यांक
जुंगे दाइको सारंगी अर्थात लालपुर्जा
लामो लामो जुंगा पालेकाले जुंगे दाइ भन्छन् सबैले । तर जुंगे दाइको कथा भने भनिनसक्नु छ
कर्णाली राजमार्गमा दुर्घटनाको जोखिम: २ वर्षमा १८ जनाको अकाल मृत्यु
मृत्यु मार्गका नामले चिनिने कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रु र सवारी साधन जोखिम मोलेरै चल्नुपर्ने अवस्था
राउटे समुदायको सीप संकटमा 
बजारमा प्लास्टिकका सामग्री छ्यापछ्याप्ती भएसँगै राउटे समुदायले निर्माण गरेका सामग्री नबिकेपछि पेसा नै लोप हुने अवस्थामा 
गरिबका दुःख: गिटी कुटेरै उपचार खर्च जोहो गर्ने सपना 
२ वटा बाँसको छडीको सहारामा हिँडडुल गर्ने दैलेखको ठाटीकाँधस्थित वडा नम्बर १ का १६ वर्षीय लोकेन्द्र विक गिटी कुटेरै उपचार खर्च जुटाउँदै
कर्णालीमा बालविवाहको भयावह तस्बिर
जाजरकोटकी १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनीषा सुनार पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पछुतोमा छिन्