close

साम्पाङलाई व्यंग्य गर्दै बलेनले भने : हिँड् केटा हो ५-५ किलो फोहोर बोकेर बन्चरेडाँडा

साम्पाङलाई व्यंग्य गर्दै बलेनले भने : हिँड् केटा हो ५-५ किलो फोहोर बोकेर बन्चरेडाँडा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले धरान उपमहानगरका मेयर हर्क साम्पाङप्रति व्यग्य गरेका छन् । 

मेयर साहले हर्क साम्पाङले काठमाडौं महानगरको फोहोर देखेर श्रमदान गर्न मन लाग्यो भनेपछि सोप्रति लक्षित गर्दै  मेयर साहले सामाजिक सञ्जालमार्फत् हर्क साम्पाङलाई व्यंग्य हानेका हुन् । 

काठमाडौं आएका धरानका मेयर साम्पाङले काठमाडौंका सडक फराकिला र चिल्ला  भए पनि त्यसको किनारमा रहेको फोहोरको डंगुर रहेको भन्दै एक स्टाटस लेखेका थिए । साथै, उनले काठमाडौंको फोहोर देखेर श्रमदान गर्न मन लागेको समेत उल्लेख गरेका थिए । 

उनको यही अभिव्यक्तिलाई लक्षित गर्दै मेयर साहले केही बेरअघि हिँड केटा हो ५-५ किलो फोहोर बोकेर बन्चरेडाँडा, किन चाहियो, ट्रक, किन चाहियो बाटो भनी एक स्टाटस लेखेका छन् ।