close

मेयर हमालको दुखेसो : समस्यामा पार्छन् स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई

मेयर हमालको दुखेसो : समस्यामा पार्छन् स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिका, धरान उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाबाट निर्वाचित स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिलाई काम गर्न सजिलो नभएको भन्दै धनगढी उपमहानगरका मेयर गोपाल हमालले दुखेसो गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत आफ्नाले गर्दा जस्तो काममा पनि ताली बजाउने र विपक्षीले गरेका राम्रो कामको पनि विरोध गर्ने प्रवृत्तिले स्वतन्त्रबाट आएका जनप्रतिनिधिलाई समस्या भएको बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'काठमाडौंमा फोहरको  राजननीति गरेर असहयोग गर्नु , धरानमा कार्यालयमा तोडफोड गर्नु, धनगढी-७ देवरियामा संचालित गौशालाको तारवार रातिनै काटिनु र गौशाला व्यवस्थापन कार्यमा अवरोध सिर्जना गर्नु... यो संयोग हो कि राजनीतिक योजना हो  ।'