close

गैँडाकोटले आइतबार नदी दिवस मनाउने

गैँडाकोटले आइतबार नदी दिवस मनाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासी-पूर्वको गैँडाकोट नगरपालिकाले नदी दिवस मनाउने भएको छ । घाट, नदी, किनार सरसफाई गरेर नदी दिवस मनाउने नगरले जनाएको छ । 

नगरले नदी दिवसको अवसरमा वडाहरूको संयोजकमा आफूलाई पायक पर्ने घाट, नदी, किनार सरसफाईमा सरिक हुन नगरवासीहरूलाई नगरले अनुरोध पनि गरेको छ।  

कार्यक्रम नदी दिवस २०७९ असोज ९ गते आइतबार बिहान ७ बजेदेखि ९ बजेसम्म तय भएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज रिजालले जानकारी दिए ।