close

कालिका नगरले सार्वजनिक सुनुवाइ गर्दै

कालिका नगरले सार्वजनिक सुनुवाइ गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवनको कालिका नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नगरले एक सूचना जारी गरी  यही कातिक २४ गते सार्वजनिक सुनुवाइ गर्न लागेको जानकारी दिएको हो । 

नगरपालिकाले सार्वजनिक सुनुवाइमा नगरका सबै सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

 जारी सूचनामा भनिएको छ, ‘सबै वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरवासी उपभोक्ता समितिका पदाधिकारी उद्योगी व्यवसायी, कृषक, बुद्धिजीवी, समाजसेवी, शैक्षिक व्यक्तित्व, शाखा प्रमुख, वडासचिव पत्रकार तथा कालिका नगरपालिकाको विकासमा प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने सबै लब्धप्रतिष्ठित व्यक्तिहरूलाई उपस्थितिका लागि सादार अनुरोध छ ।’ 

सार्वजनिक सुनुवाइ कालिका नगरपालिका वडा नम्बर २ स्थित भूमि आयोगको कार्यालयको हलमा १ बजे हुने शाखा अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।