close

कृषि क्रान्तिमार्फत युवालाई स्वदेशमै रोक्छु : अध्यक्ष बस्नेत (भिडियो कुराकानी)

कृषि क्रान्तिमार्फत युवालाई स्वदेशमै रोक्छु : अध्यक्ष बस्नेत (भिडियो कुराकानी)

ADVERTISEMENT

दाङ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दाङको शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट विजयी प्रमोद बस्नेतले मतदातालाई ठुलो सपना देखाएका छैनन् ।

उनले ५ वर्षको कार्यकालमा शान्तिनगरका जनतालाई शिक्षा, स्वास्थ्य, सडक यातायात र कृषिमार्फत समृद्धिको खाका कोर्न सकिने आश्वासन दिएका छन् । उनी सबैभन्दा पहिले दाङको विकट भूगोलमा रहेको शान्तिनगर गाउँपालिकामा सडक सञ्जालको बिस्तार गर्न चाहन्छन् ।

गाउँका युवाहरू रोजगारीका लागि विदेशीन बाध्य भइरहेको परिपेक्ष्यमा उनीहरूलाई स्वदेशमा नै केही गरेर बाँच्न सकिने बनाउन चाहन्छन् । त्यसका लागि कृषिमा क्रान्ति ल्याउनु नै सही हुने उनको धारणा छ ।

गाउँका बालबालिकालाई स्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने सोचमा ३९ वर्षका यी युवा अध्यक्ष छन् ।

गाउँ कार्यपालिकाको पहिलो बैठकबाट पालिकाका गर्भवती महिलालाई ३ पटकसम्म निःशुल्क भिडियो एक्सरेको सुविधा दिने निर्णय समेत गरिएको छ ।

अध्यक्ष बस्नेतले आगामी ५ वर्षे कार्यकालका लागि बनाएको योजनाको सेरोफेरोमा रहेर पालिका खबरका लागि जनक पण्डितले गर्नु भएको भिडियो कुराकानी ।