close

जनताको आकांक्षा बढेको छ, पुरा गर्नु छ : मेयर चौधरी (भिडियो कुराकानी)

'नेताको चरित्र परिवर्तन नभएसम्म जनताले परिवर्तन महसुस गर्न सक्दैनन्'

जनताको आकांक्षा बढेको छ, पुरा गर्नु छ : मेयर चौधरी (भिडियो कुराकानी)

'नेताको चरित्र परिवर्तन नभएसम्म जनताले परिवर्तन महसुस गर्न सक्दैनन्'

ADVERTISEMENT

भजनी । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा केही दलहरूले अस्तित्वमा आउने मौका पाएका छन् ।

तराई–मधेस–थरुहट आन्दोलनका क्रममा हिंसात्मक गतिविधि गरेको आरोपमा कारावासको सजाय काटिरहेका रेसम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी समेत स्थानीय तहको निर्वाचनपछि क्षेत्रीय दलका रुपमा उदाएको छ ।

सुदूर पश्चिमका जनता चौधरीलाई अपराधी मान्न तयार छैनन् । राज्य उनलाई कारावास बाहिर ल्याउन चाहँदैन । तर, निलम्बित सांसद चौधरीले जेलमा बसेर खोलेको पार्टीलाई स्थानीयले मान्यता दिएका छन् ।

कैलालीको भजनी नगरपालिकाको प्रमुखमा सोही पार्टीका उम्मेदवार केवल चौधरीले जित हासिल गरेका छन् । 

५ वर्ष अघि नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरीसँग हारेका केवल चौधरीले यसपालि उनै शेरबहादुरलाई हराएर प्रमुख बन्ने मौका पाए ।

उनै मेयर चौधरी भन्छन्, ‘गएको ५ वर्षमा केही हुन सकेन । जनताको जीवनस्तरमा परिवर्तन आउन सकेन । नेताको चरित्र परिवर्तन नभएसम्म जनताले परिवर्तन महसुस गर्न सक्दैनन् ।’

अहिले पालिका खबरको टिमले सुदूर पश्चिम प्रदेशका विभिन्न पालिकाको भ्रमण गरिरहेको छ । यो क्रममा हामीले विभिन्न पालिका प्रमुखसँग भविष्यका योजना बारे जानकारी लिने प्रयास गरेका छौँ । 

यही श्रृंखलाअन्तर्गत आज भजनी नगरपालिकाका मेयर केवल चौधरीसँग जनकराज पण्डितले गरेको कुराकानीको केही अंश प्रस्तुत गरेका छौँ ।