close

लोभ र पापबाट मुक्त नभएसम्म कुनै परिकल्पना सफल हुँदैन : मेयर कडेल (भिडियो कुराकानी)

लोभ र पापबाट मुक्त नभएसम्म कुनै परिकल्पना सफल हुँदैन : मेयर कडेल (भिडियो कुराकानी)

ADVERTISEMENT

कैलाली । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीको गौरीगङ्गा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट देविदत्त कडेल विजयी भएका छन् ।

पछिल्लो चुनावमा एमालेका भीमबहादुर देउवासँग हारेका कडेल यस पटक भने गठबन्धनको सहयोगमा नगर प्रमुख बन्न सफल भएका छन् । उनले यस पटक एमाले कै पदमसिंह सिङाललाई हराएका हुन् ।

शिक्षालाई आधुनिकीकरण गर्नु पर्ने धारणा राख्ने कडेल प्राविधिक र आत्मनिर्भर शिक्षामा जोड दिनु पर्ने बताउँछन् ।

स्वास्थ्य सुविधाका आधारमा अति विकट रहेको गौरीगङ्गाका जनताले औषधी उपचारका लागि धनगढी वा नेपालगन्ज जानु पर्ने बाध्यतामा छन् । एउटा पनि लायक अस्पताल नभएको पालिकाका मेयर कडेल स्थानीय जनताको स्वास्थ्य सेवामा सहज पहुँचको अधिकार स्थापित गराउने योजनामा छन् । 

उनी ५ वर्षको कार्यकालमा गौरीगङ्गा नगरपालिकामा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँछन् ।

अहिले पालिका खबरको टिमले सुदूर पश्चिम प्रदेशका विभिन्न पालिकाको भ्रमण गरिरहेको छ । यो क्रममा हामीले विभिन्न पालिका प्रमुखसँग भविष्यका योजना बारे जानकारी लिने प्रयास गरेका छौँ । 

यही श्रृंखलाअन्तर्गत आज गौरीगङ्गा नगरपालिकाका मेयर देविदत्त कडेलसँग जनकराज पण्डितले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौँ ।