close

६० वर्षदेखि जरा गाडेको समस्या समाधान गर्छु : अध्यक्ष ढकाल (भिडियो कुराकानी)

६० वर्षदेखि जरा गाडेको समस्या समाधान गर्छु : अध्यक्ष ढकाल (भिडियो कुराकानी)

ADVERTISEMENT

रुपन्देही । स्थानीय तह निर्वाचन २०७९ मा रुपन्देहीको कञ्चन गाउँपालिकामा नेपाली काँग्रेसका नवराज ढकाल अध्यक्षमा विजयी बनेका छन् ।

कञ्चन गाउँपालिकामा ७० देखि ८० प्रतिशत जनसङ्ख्या अव्यवस्थित तरिका र सुकुम्बासीका रुपमा बसोबास गरिरहेका छन् । उनी अव्यवस्थितलाई व्यवस्थित गर्ने र सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर आफ्नो सम्पत्तिको मालिक आफै बनाउने योजनामा छन् । यो नै सबैभन्दा महत्त्वपूर्ण र ठुलो योजना हो ।

यो समस्या केही वर्ष वा केही महिना पुरानो होइन । यो समस्या ६० वर्षदेखि यथावत् छ । चुनावमा पनि यही योजनालाई महत्त्वका साथ उठान गरेका थिए । 

मत माग्दा उनले कार्यपालिकाको पहिलो बैठकबाट अव्यवस्थित र सुकुम्बासीले भोगचलन गर्दै आएको जग्गाको नाप गर्ने प्रस्ताव पारित गराउने र १०० दिन भित्र समस्या नै समाधान गर्ने दाबी गरेका थिए । उनले यो योजनालाई कार्यान्वयन तहमा लगिसकेका छन् ।
उनी भन्छन्, ‘अरूले काम सिक्ने हनिमुन पिरियडमा म केही गरेर देखाउन चाहन्छु ।’

प्रस्तुत छ, देशका पश्चिम भागमा रहेका पालिकाहरूको भ्रमणमा रहेका पालिका खबर सहकर्मी जनकराज पण्डितले कञ्चन गाउँ पालिका अध्यक्ष ढकालसँग गरेको कुराकानीको सम्पादित अंश ।