close

हिजोका जनप्रतिनिधिका गल्ती पनि सुधार्छु : अध्यक्ष बस्याल

हिजोका जनप्रतिनिधिका गल्ती पनि सुधार्छु : अध्यक्ष बस्याल

ADVERTISEMENT

रुपन्देही । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका विष्णुप्रसाद बस्याल ७९८३ मतसहित रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा जितेको खण्डमा गाउँको शिक्षा, स्वास्थ्य, खाने र गाउँभित्रकै सडक सञ्जालको विकासमा काम गर्ने प्रतिबद्धता उनको थियो । 

समुन्द्र सतहबाट मात्र ९२ मिटरको उँचाइमा रहेको रुपन्देहीको शुद्धोधन गाउँपालिकाको गरिबी निवारणका विषयमा समेत आगामी ५ वर्ष आफूले काम गर्ने उनी बताउँछन् । साथै हिजोका जनप्रतिनिधिले जनतासँग गरेका कतिपय वाचा पुरा गर्न नसकेको बताउने अध्यक्ष बस्याल आफूले ती वाचा समेत पुरा गर्ने दाबी गर्छन् ।

प्रस्तुत छ, नेपालको पश्चिमी भूभागका प्रदेशहरूको स्थलगत भ्रमणमा रहेका हाम्रा सहकर्मी जनकराज पण्डितले अध्यक्ष बस्यालसँग गरेको कुराकानीको सम्पादित अंश ।