close

मुक्त कमैया अन्यत्र गए टिकापुर सुनसान बन्छ, व्यवस्थित गर्नु मेरो दायित्व हो : मेयर थारु (भिडियो कुराकानी)

मुक्त कमैया अन्यत्र गए टिकापुर सुनसान बन्छ, व्यवस्थित गर्नु मेरो दायित्व हो : मेयर थारु (भिडियो कुराकानी)

ADVERTISEMENT

कैलाली । प्रतिनिधि सभाका निलम्बित रेसम चौधरीले गत स्थानीय तह निर्वाचनभन्दा केही अघि स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीले मेयरमा जित हात पारेको नगरपालिका हो, कैलालीको टिकापुर नगर पालिका ।

सत्तागठबन्धनका उम्मेदवारलाई झन्डै ३ हजार मतान्तरले हराउँदै नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारुले टिकापुरको मेयरमा बाजी मारेका हुन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने कैलाली जिल्लाको पूर्वी भागमा अवस्थित यो नगरपालिका महेन्द्र राजमार्गदेखि १४ किमी दक्षिण पट्टि,  भारतको सिमानादेखि १४ किमी उत्तर तर्फ कर्णाली नदीको पश्चिमी तटमा अवस्थित छ । प्रजातन्त्र पुनर्स्थापना पश्चात् नगरोन्मुख गाविस हुँदै २०५३ साल माघ १७ गते घोषणा भएका १५ वटा नगरपालिका मध्येको एक थियो, टिकापुर । साथै २०७३ साल फागुन २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गाविस गाभिएर बृहत् टीकापुर नगरपालिकाको स्थापना भएको हो ।

घना जंगल भएको यस क्षेत्रमा बस्ती बस्ने क्रममा टिका जस्तै गरी गोलाकार रुपमा बसेकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ । अर्को भनाइ अनुसार बस्ती बस्ने क्रममा जंगल फडानीको कार्य दसैँको टिकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ पनि छ ।

नवनिर्वाचित मेयर थारु आफ्नो कार्यकालमा टिकापुरलाई शिक्षाको 'हब' बनाउने योजनामा छन् । साथै कृषि र पर्यटनको सम्भावना बोकेको पालिका भएको हुँदा यी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रवर्द्धन गरिने योजना रहेको समेत उनी बताउँछन् ।

साथै उनी नगरपालिकाको प्रमुख समस्याका रुपमा रहेको मुक्त कमैया तथा सुकुम्बासीहरुलाई व्यवस्थित गर्ने तथा टिकापुरमा प्रस्तावित विमानस्थलको कार्यलाई अगाडि बढाउने समेत मेयर थारु बताउँछन् । 'शिविरमा रहने मुक्त कमैयाहरू नै टिकापुरका स्थायी बासिन्दा हुन् । उनीहरू नभए यो नगरपालिकाको सौन्दर्य हराउँछ । उनीहरूको व्यवस्थित बसाइका लागि मेले पहल थाली सकेको छुँ । यो मेरो दायित्व पनि हो,' मेयर थारु भन्छन् ।

आज प्रस्तुत छ, टिकापुर नगरपालिका मेयर रामलाल डगौरा थारुसँग पालिका खबरकर्मी जनक पण्डितले गरेको कुराकानीको सम्पादित अंश ।