close

पालिकामा आज

ADVERTISEMENT

१ विराटनगर महानगरपालिकाले निर्णय कार्यान्वयनलाई तीव्रता दिँदै, महानगर क्षेत्रभित्र सञ्चालित होटलमा अग्नि नियन्त्रण यन्त्र राखिने । 

२ सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका बुसुन्डोलमा खोला तर्ने क्रममा १७ वर्षीय अमित थामीको मृत्यु, पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको प्रहरीको भनाइ । 

३ वीरगञ्ज महानगरमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको संख्या बढ्यो, अस्पताल तथा निजी क्लिनिकमा बिरामीको भिड ।

४ पोखरा महानगरपालिका–१४ अनुपम टोलमा प्लास्टिक पेलेर १०० मिटर सडक कालोपत्रे, भुटानको प्रविधि सिकेर पोखरामा प्रयोग । 

५ दार्चुलाको महाकाली नगरपालिकाका स्थानीयलाई घरदैलोमै नागरिकता वितरण, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई नागरिकता प्रदान गरिएको नगरपालिकाको भनाइ ।

६ निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका दबल्याङमा पहिरो, पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध ।

७ पाँचथरमा पाँच हजार ८५ भूमिहीनद्वारा जग्गा प्राप्तिको माग, मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा बढी एक हजार ७७६ र कुम्मायक गाउँपालिकामा सबैभन्दा कम ३३ वटा निवेदन ।

८बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल अझै बनेन, ६ वर्षमा ४० प्रतिशत पनि भएन काम ।

९सर्लाहीको चन्द्रनगर गाउँपालिकाको नाढीमन ताल वरपर दुर्गन्ध फैलिँदा स्थानीयको स्वास्थ्यमा समस्या, पानी सफा गर्ने भन्दै हालिएको विषादीले दुर्गन्ध फैलिएको स्थानीयको भनाइ ।

१०तनहुँको व्यास नगरपालिकाका युवामा फुटबलप्रति आकर्षण बढ्दो, व्यवस्थित रङ्गशाला नहुँदा खेलाडी निराश, व्यवस्थित रंगशाला बनाउन आग्रह ।

११ बजार क्षेत्रका अव्यवस्थित तार हटाउन वालिङ नगरपालिकाको निर्देशन, असोज दोस्रो सातासम्म नहटाएर तार काटिने नगरपालिकाको भनाइ ।

१२सुनसरीको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीद्वारा १९ कठ्ठा जग्गा दान, चार करोडभन्दा बढीको जग्गा समाजिक कार्य प्रयोजनका लागि दान गरेको भण्डारीको भनाइ ।

१३भरतपुर महानगरपालिका–२२ राप्ती किनारमा मापदण्डविपरीत तारे होटल निर्माण, वडाध्यक्ष विष्णु महतो नै होटलको शेयरधनी ।

१४कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वनहरा छेउका भूमिहीन परिवार समस्यामा, नदीले बस्ती क्षेत्रतर्फ कटान गर्न थालेपछि जोखिम बढ्यो ।

१५ बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढ्यो, बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीबीच डिपिआरका लागि सम्झौता ।

१६ देशका चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण, दुई वर्षभित्र बाँकी सबै पालिकामा पूर्ण रुपमा विद्युतको पहुँच पुग्ने ।

१७गोकर्णेश्वर नगरपालिकाद्वारा नगरक्षेत्रभित्र अनुमतिबिना डोजर र स्काभेटर प्रयोगमा रोक, जथाभावी मेसिनरी औजारको प्रयोगले पहिरोको जोखिम बढेको भनाइ ।

१८ पर्वतको जलजला गाउँपालिकाको ऐतिहासिक मल्लाज दरबार मर्मत सम्भारपछि रिसोर्टको रुपमा परिणत, आन्तरिक तथा बाह्य पर्यटक बढ्यो ।

१९ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित कालीगण्डकी नदीमा पुल निर्माण, तल्लो मुस्ताङबाट उपल्लो मुस्ताङ र कोरला नाका पुग्न सहज ।

२० तनहुँमा आयोजित प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लब भादगाउँलाई, फाइनल खेलमा न्यू बुद्ध युवा क्लब भानु ३–० गोलअन्तरले पराजित ।