close

पालिका हेडलाइन

ADVERTISEMENT

१. काठमाडौं उपत्यकामा डेंगुको संक्रमण भुसको आँगोझैँ फैलिँदै, टेकु अस्पतालले हेल्प डेस्कमार्फत् सुरु गर्‍यो उपचार, लामखुट्टेले टोकेको सात दिनपछि मात्रै लक्षण देखिने चिकित्सकको भनाइ ।

२. मकवानपुरमा पनि डेंगु संक्रमितको संख्या बढ्दै, हेटौँडा र मनहरि गाउँपालिकामा अत्यधिक प्रभावित, परीक्षण गर्ने किटको अभाव हुँदा समस्या, संघीय सरकारसँग मागियो किट ।

३. मर्मत हुन सकेन आन्दोलनबाट क्षति पुगेको हरिनगर प्रहरी चौकी, जुनियर प्रहरी खटिने चौकीमा पुग्न सकेन सिनियरका आँखा, संगठनले बेवास्ता गरेपछि गुजारा नगरपालिकाले मर्मत गर्दै ।

४.नगर बन्ने पूर्वाधार नै नभएका कर्णाली कतिपय स्थानीय तहलाई नगरपालिकाको दर्जा, चामुण्डा बिन्द्रासैनीको भौतिक पूर्वाधार कतिपय गाउँपालिकाभन्दा कमजोर, अस्पताल र डाक्टरको पनि अभाव ।

५. धनकुटामा विद्यार्थीका लागि शिक्षकले स्थापना गरे अक्षय कोष, खेलबहादुर लिम्बूले स्थापना गरेको कोषबाट विद्यार्थीलाई छात्रवृत्ति, ३५ हजारबाट सुरु गरेको अक्षय कोष एक लाखको बनाइने ।