close

उचाई मार्फत बलिउडमा उचाई खोज्दै नेपाली चेली धारणा शर्मा (भिडियो कुराकानी)

उचाई मार्फत बलिउडमा उचाई खोज्दै नेपाली चेली धारणा शर्मा (भिडियो कुराकानी)

Trulli
ADVERTISEMENT

काठमाण्डौं । अहिले राजश्री प्रोडक्सनको निर्देशनमा बनेको बलिउड चलचित्र “उचाई” विश्वभर प्रर्दशन भईरहेको छ ।

बलिउड फिल्म ‘उचाई’ ले भारतमा उत्साहजनक व्यापार गरिरहेको छ । नेपालमा पनि फिल्मले माउथ पब्लिसिटीका कारण राम्रो पिकअप लिइरहेको छ ।

सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ ।

फिल्ममा अमिताभका साथै अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा, सारिका हसन र नेपाली कलाकार धारणा शर्माको पनि महत्त्वपूर्ण भूमिका छ ।

नेपालको नाम्चे, लुक्ला, मुस्ताङमा चलचित्रको छायांकन गरिएकाले पनि यसमा नेपालीहरु दर्शकहरुले बढी चाँसो दिनु स्वभावीक नै हो ।

यस चलचित्रमा बलिउडका महा अमिताभ बच्चनले समेत अभिनय गरेकाले त झन् दर्शकको रोजाईमा पर्ने नै भयो । तर त्यससँगै नेपालमै छायांकन हुनु नेपाल जोडिनु त छँदैछ, अझ यसै चलचित्रबाट बलिउडमा नेपाली नायिकाको डेब्यू हुनुले त यसकाे चर्चा नहुने विषय नै भएन ।

हो, राजश्री प्रोडक्सनको निर्देशनमा बनेको चलचित्र उचाई चलचित्रमा सुदूरपश्चिमको टिकापुर  घर भएकी धारणा शर्मा देखिएकी छिन् । टिकापुरमा जन्मेकी धारणालाई टिकापुरकै खड्ग स्मृति माध्यमिक बिधालयबाट एसएलसी, टीकापुर बहुमुखी क्याम्पसबाट प्लस टू गरेकी थिइन् भने उच्च शिक्षा काठमाडौबाट गरेकी थिइन । 

यस्तो छ धारणाको ग्ल्यामर क्षेत्रको यात्रा 
सन् २०१४ मा काठमाडौँमा भएको ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनिन् । ‘ब्युटी क्विन’मा फस्ट रनर अप बनेपछि उनमा ग्ल्यामर क्षेत्रमा केही गर्न सक्ने आत्मविश्वास जाग्यो र उनि दिदीहरु र परिवारसँगको सल्लाहमा भारत पुगेकी थिइन् ।

ग्ल्यामरमा भविष्य खोज्न सन् २०१७ देखि मुम्बईमा मोडलिङ र अभिनयमा संघर्ष गर्न थालिन् । सानैदेखि नै ग्ल्यामर र अभिनयमा रुचि राख्दै आएकी धारणा मुम्बई पुगेपछि भाउजूको नन्दले सहयोग गरिन् । जो भारतको सुरतमा बसेर मोडलिङ गर्थिन् । उनले नै धारणालाई सुरत बोलाएकी थिइन् ।

तर धारणालाई मोडलिङमा मात्रै जमेर बस्न मन लागेन । उनले अभिनय सम्वन्धि अध्ययन गर्ने  सोच बनाएर सुरत छोड्दै मुम्बईको यात्रा तय गरिन् । जुन त्यती सहज भने थिएन, तर धारणाले हार मानिनन् ।

मुम्बई पुगेपछि उनले रोशन तनेजाको इन्स्टिच्युटमा अभिनय सम्वन्धि ज्ञान हासिल गर्न अध्ययन गरिन् । एउटा एक्टरलाई चाहिने क देखि ज्ञ सम्मको कुरा यही पढाइन्थ्यो । रोशन तनेजाको कक्षाले केही सिकेकी धारणालाई त्यतिले मात्रै पर्याप्त नहुने लागेपछि उनले थिएटर जोइन गरिन् ।

अब चैं उनलाई अभिनयमा पनि आत्मविश्वास बढेको थियो तर यो आत्मविश्वास कतै देखाउन नपाएकी धारणाले उचाई मार्फत सो अवसर प्राप्त गरेकी हुन् । र उनको ग्ल्यामर क्षेत्रको यात्रा सुरु भएको छ । 

‘उचाई’मा कसरी जाेडिइन् त धारणा ?

एक दिन उचाइका लागि कलाकार चाहिएको सूचना पाएपछि अडिसन भिडियो बनाएर पठाइन । त्यसमा छनौट भइन र उनी उचाई चलचित्रमा अभिनय गर्ने मौका पाइन । अनुपम खेर, बोमन इरानी, अमिताभ बचन, परिनिधी चोपडा, उनी लगायतको अभिनय रहेको छ ।

राजश्री प्रोडक्सन, बाउन्डलेस मिडिया र महावीर जैन फिल्म्सको संयुक्त लगानीमा निर्माण भएको चलचित्रलाई सुरज बडजात्याले निर्देशन गरेका हुन् । मुम्बईमा बसेर मोडलिङ र अभिनयमा भविष्य खोजिरहेकी धारणाले अडिसनमार्फत ‘उँचाइ’मा मौका पाएको बताइन् ।

उनलाई सर्वप्रथम यो फिल्मका कास्टिङ डिरेक्टर मुकेश छाबराले पत्याएका थिए भने पछि ‘उचाइ’का निर्देशक सुरज बडजात्याले । अडिसनको प्रक्रिया पूरा गरेर छनौट हुँदासम्म पनि उनलाई यो फिल्म नेपालमा पनि सुटिङ हुँदै छ भन्ने थाहा थिएन ।

त्यो त उनले सुटिङको मुखमा आएपछि मात्र चाल पाएकी थिइन् । यसरी उचाईमा आवद्ध भएकी नेपाली चेली धारणा बलिउडमा जम्ने तयारीमा जुटेकी छिन् ।