close

भुमेमा रोजगारीको अवसर, धनगढीमा अशक्तलाई शिविर(भिडियाेसहित)

भुमेमा रोजगारीको अवसर, धनगढीमा अशक्तलाई शिविर(भिडियाेसहित)

Trulli
ADVERTISEMENT

गाउँपालिकाद्वारा स्थानीय भाषा ऐन पारित
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले  ऐन पारित गरेको हो । 
ऐन पारित भएसँगै भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका शिक्षा शाखाप्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन–२०७९ पारित गरेको छ ।

 भूमेमा रोजगारीको अवसर
रुकुमको भूमे गाउँपालिकाले करार सेवामा अनमी पदको लागि दरखास्त आव्हान गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै अनमी पदमा एक जनाको लागि दरखास्त आव्हान गरेको हो । 

योग्यता पुगको इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अघि दुई पटक सूचना जारी गररेपनि कुनै आवेदन नपरेपछि पुन माग गरेको हो ।

 धनगढीमा अशक्तको लागि शिविर 
कैलालीको धनगढी उपमहानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई सहायक स्वास्थ्य सामग्री जाँच शिविर सञ्चालन गरेको छ । मंगलबार एक कार्यक्रमको समारोहमा  उपमहानगरपालिकाको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोगमा सो शिविर सञ्चालन गरेको हो । 

शिविरमार्फत वडा नमब्र १४, १८ र १९ का ४२ जना व्यक्तिले सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ । अशक्त व्यक्तिहरुको दैनिकचर्यामा सहज बनाउनका लागि सो शिविर सञ्चालन गरेको उपमहानगर प्रमुख गोपाल हमालले जानकारी दिए ।
 

नदीजन्य पदार्थ कालिकाको कब्जामा
चितवनको कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ सङ्कलन सुरु गरेको छ । नगरपालिकाले आजसम्म तीन सय ट्रिपर नदीजन्य पदार्थ सङ्कलन गरेको हो । 

नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नं ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ ।
 

गाउँघरमै स्वास्थ्य सेवा
कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो ।

नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क स्वाथ्य जाँच, गाउँघरमै पुगेर वृद्धाभत्ता, निःशुल्क स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक तथा दम, मधुमेह, उच्च रक्तचापका बिरामीका लागि निःशुल्क औषधी दिँदै आएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।

 सुरु भएको एक वर्षमा अलपत्र पशु बीमा
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सञ्चालित पशु बीमा कार्यक्रम केही वर्षदेखि रोकिएको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षित गर्दै लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो ।

सुरुका वर्ष १७ बाख्रा र छ बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६÷७७ देखि पशु बीमा नवीकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।

 स्थानीय स्रोत र सीपलाइ उत्पादनसँगै जोड्दै 
तनहुँको आँबुखैरेनी गाउँपालिकाले  स्थानीय स्रोत र सीपलाई उत्पादनसँग जोड्न घरेलु उद्योग सञ्चालनमा ल्याउन लागेको छ । स्थानीयस्तरमा उत्पादन हुने सामग्री र कृषि औजारका सामान उत्पादन गर्न गाउँपालिकाले रु दुई करोड लगानीमा उद्योग स्थापना गर्न लागेको हो । 

गाउँपालिकाको मार्किचोकस्थित मस्र्याङ्दी बाँध नजिकै उद्योग स्थापनाको लागि गण्डकी प्रदेश सरकारसँग सम्झौता गरी प्रक्रिया अघि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।