close

पोखरामा रोष्टर, रामप्रसादराईमा रोजगारीको अवसर (भिडियाेसहित)

पोखरामा रोष्टर, रामप्रसादराईमा रोजगारीको अवसर (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

रोष्टरमा नाम समावेश गर्न पोखराको अनुरोध
कास्कीको पोखरा महानगरपालिकाले रोष्टरमा नाम समावेश गर्न अनुरोध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै रोष्टरमा नाम समावेश गर्न अनुरोध गरेको हो । 

महानगरपालिकाको आर्थिक विकाश महाशाखा अन्तर्गत सञ्चालित उद्यमशीलता ,व्यवसाय प्रवर्द्धन र नवप्रवर्द्धन क्षेत्रमा काम गर्ने स्थापित शाखा व्यवसाय प्रवर्द्धन केन्द्रको लागि नाम समावेश गर्न अनुरोध गरेको जनाइएको छ । 

शाखाको सेवालाई व्यवस्थित, अर्थपूर्ण ढङ्गबाट सञ्चालन गर्न उद्यमशीलता व्यवसाय प्रवर्द्धन, नवप्रवर्तन र लगानीका क्षेत्रमा (विषय) विज्ञ ,सफल उद्यमी ,प्रशिक्षक, लगानीकर्ताहरूको सुची तयार गरिने जनाइएको छ ।

 क्व्होलासोथारले तरकारी पकेट कार्यक्रम सञ्चालन गर्ने
लमजुङको क्व्होलासोथार गाउँपालिकाले साना व्यवसायिक कृषि उत्पादन  केन्द्र विकास कार्यक्रमका लागि आवेदन माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालनको लागि आवेदन माग गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप तरकारी बालीको साना विकास केन्द्र सञ्चालन गर्न लागेको हो । सो कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको २० दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

इच्छुक सहकारी संस्था, कृषि फार्म, समूहले सूचना प्रकासित भएको २० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

 रामप्रसादराईमा रोजगारीको अवसर
भोजपुरको रामप्रसादराई गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्राविधिक सहायकमा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार इच्छुक ब्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । सिभिल इन्जिनियरिङ विषयमा प्रविणतम उत्तीर्ण गरेका, १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका स्थानी बासिन्दाले आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

५०० रुपैँया दस्तुर तिरी आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनोट गरिने गाउँपालिकाले जनाएको छ ।

 प्लाष्टिकमुक्त क्षेत्रका लागि दुना टपरी तालिम
कैलालीको धनगढी उपमहानगरपालिकाले दुना टपरी बनाउने तालिम सञ्चालन गरेको छ । उपमहानगरपालिकाले स्थानीय महिलालाई आय आर्जनमा सहभागी गराउनका लागि सालको पातबाट दुना टपरी बनाउने तालिम सञ्चालन गरेको हो । 

उपमहानगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत व्यावसायिक दुना टपरी तालिम सञ्चालन गरिएको नगरप्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ७ का महिलालाई माघ ११ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन गरिएको हो । 


उपमहानगरपालिकामा प्लाष्टिकमुक्त धनगढी निर्माण गर्नको लागि सो तालिम सञ्चालन गरिएको छ । तालिम सञ्चालन भएसँगै प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा कमी आउने विश्वासको उनको छ ।

प्रधानमन्त्री र काठमाडौँ महानगर प्रमुखबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उनीहरु बीच भेटवार्ता भएको हो । उनीहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो ।
 

मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउँदै बन्दिपुर
तनहुँको बन्दीपुर गाउँपालिकाले बजार क्षेत्रमा मापदण्डविपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । गाउँपालिकाले पर्यटकीइ क्षेत्रको सुन्दरता कायम गर्नको लागि बजार क्षेत्रको होर्डिङबोर्ड हटाउन सुरु गरेको हो । 
बन्दीपुरको सुन्दरतालाई कायम राख्न मापदण्डविपरीत राखिएका होर्डिङबोर्ड हटाउन थालिएको जनाएको छ। गाउँपालिकाको मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। साथै बजारमा नियमविपरीत अव्यवस्थितरुपमा राखिएका टेवल कुर्ची तथा व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए ।

 उपप्रमुखको सेवा भत्ताबाट विद्यार्थीलाई कपडा वितरण
भक्तपुरको चाँगुनारायण नगरपालिकाका नगर उपप्रमुख रमेश बुढाथोकीले विद्यार्थीहरुलाई कपडा वितरण गरेका छन् । नगर उपप्रमुख बुढाथोकीले वडा नम्बर ६ को श्री तौथली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरेको हो । 
नगर उपप्रमुख बुढाथोकीका अनुसार ४० जना विद्यार्थीलाई ट्याक्सुट, टोपी, जुत्ता र मोजा वितरण गरेको हो । उपप्रमुख अधिकारीलाई आफूलाई प्राप्त हुने सेवा र सुविधाबाट विद्यार्थीलाई सहयोग गरेको हो । 

उनले स्थानीय तहको निर्वाचनको पूर्व स्वघोषणा अनुरुप विद्यार्थीलाई सहयोग गरेको जनाइएको छ ।