close

कैदीबन्दीलाई नगरपालिकाको खाट, ७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्दै आरुघाट (भिडियाेसहित)

कैदीबन्दीलाई नगरपालिकाको खाट, ७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्दै आरुघाट (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

पालिकाका सीमा विवाद समाधान गर्न समिति गठन
रोल्पाका दुई स्थानीय तहबीच देखिँदै आएको सीमा विवाद समाधानको प्रयास थालिएको छ । रोल्पा नगरपालिका र माडी गाउँपालिकाबीच खुम्वास क्षेत्रको सीमा विवाद रहँदै आएको छ । 
रोल्पा –८ जङ्कोट र माडी–५ भावाङले दाबी गर्दै आएको सो क्षेत्रको विवाद समाधान गर्न जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरिएको छ । समितिमा रोल्पा नगर उपप्रमुख गीता आचार्य, माडीका उपाध्यक्ष जयपुरी घर्तीमगरसहित दुवै वडाका वडाध्यक्ष र सरोकारवालाहरू सदस्य रहेका छन् ।


कैदीबन्दीलाई नगरपालिकाको खाट
तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो ।
नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गरेका हुन । उनले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख बराबरको खाट सहयोग गरेको बताए ।एक सय ३५ जना क्षमताको जिल्ला कारागारमा हाल दुई सय ९५ कैदीबन्दी छन् ।

जग्गाधनी प्रमाण पुर्जा पाउँदा दङ्ग मिक्लाजुङवासी
मोरङको मिक्लाजुङ गाउँपालिकाका स्थानिय बासी जग्गा धनी पुर्जा पाएपछी दङ्ग भएका छन्। गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने सबै नागरिकलाई जमिनको मालिक बनाउने उद्देश्यले भूमिहीन सुकुम्वासी तथा दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न थालेको थियो। गाउँपािलकाको वडा नं ७ का २३ घरपरिवारले जग्गा धनी प्रमाण पुर्जा पाएपछी वडावासीमा खुसियाली छाएको हो ।


 राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा उक्त गाउँपालिकाले पुर्जा वितरण गरेको थियो । गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले आगमी हप्तादेखि वडा नं ३, ५, ९ र ७  वडामा बाँकी रहेको गरी अन्य चार सय ५० वटा धनी पुर्जा वितरण गर्ने बताएका छन्। 

मोदीमा लोकसेवाको निःशुल्क कक्षाका लागि आवेदन माग
पर्वतको मोदी गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको लगानीमा नायब सुब्बा र खरिदार पदको लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो । 


गाउँपालिकाको अनुसार आर्थिक वर्ष २०७९र०८० को विशेष अनुदानको बार्षिक कार्यक्रममाफर्त कक्षा सञ्चालन गर्न लागेको हो । गाउँपालिकामा आर्थिक र सामाजिक रुपमा विपन्न तथा महिलालाई निःशुल्क कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । लोकसेवा कक्षामा सहभागी हुनका लागि न्यूनतम योग्यता पुगेका व्यक्तिले आगामी ७ दिनभित्र गाउँपालिकामा आवेदन दिनु पर्ने जनाइएको छ ।  इच्छुक व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

थुलुङ दुधकोशीले भूमीहिन दलितको लागत संकलन गर्दै
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको भूमीहिन दलित, भूमीहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई फारम भर्न अनुरोध गरेको छ ।
भूमीहिन दलित, भूमीहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको लागत संकलन सम्बन्धी कार्यविधी, २०७८ मा भएको व्यवस्थापन अनुसार निवेदन फारम पेश गर्न पालिकाले सोमबार एक सुचना जारी गर्दै जनाएको छ। यहि माघ महिनाभित्र वडा कार्यालयमा गएर फारम भर्न पालिकाले अनुरोध गरेको छ। 
 

गेरुवामा स्टाफ नर्स माग
बर्दियाको गेरुवा गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा दुई जना स्टाफ नर्स माग गरेको हो । गाउँपालिकाको अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 


मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणतम तह उत्र्तिण गरेका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ । आवेदकहरुबीच प्रतिस्प्रर्धा गराई योग्य व्यक्तिलाई छनोट गरिने गाउँपालिकाले जनाएको छ ।

 ७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्दै आरुघाट
गोरखाको आरुघाट गाउँपालिकाले ७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाको अनुसार चालू आर्थिक वर्ष २०७९र०८० को स्वीकृत कार्यक्रम अनुरुप स्थानीय बासिन्दालाई ७० प्रतिशत अनुदानमा मिनी ट्याक्टर वितरण गर्न लागेको हो । सम्बन्धित व्यक्तिले ३० प्रतिशत लगानी गर्नुपर्ने छ । 
कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने छन् । आवश्यक कागजात र सम्बन्धित वडा कार्यालयको सिफारिससहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।