close

किसानलाई अनुदानमा कृषि उपकरण, लुङ्ग्रीमा  सामुदायिक वन संरक्षण (भिडियाेसहित)

किसानलाई अनुदानमा कृषि उपकरण, लुङ्ग्रीमा  सामुदायिक वन संरक्षण (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

पशुपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै पनौती
काभ्रेपलाञ्चोको पनौती नगरपालिकाले पशुपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गरपालिकाले सोमबार एक सुचना जारि गर्दै वडा नं ४,५,६,७,८,९ र ११ मा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।


कार्यक्रममा गोठको संरचना विस्तार, मर्मत, काउम्याट, च्याफ कटर आदी सामाग्री, घाँस खेती विस्तार तथा घाँसको प्रशोधन जस्ता कृयाकलाप सञ्चालन हुने सुचनामा उल्लेख छ। कार्यक्रममा सहभागि हुन इच्छुक सम्बन्धित वडाका कृषक समुह, समिति, नीजि फार्महरुले सुचना प्रकासन भएको मितिले २१ दिन भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न सक्नेछन्। 

 घर टहरा हटाउन गाउँपालिकाको अनुरोध
सिन्धुलीको सुनकोशी गाउँपालिकाले घर टहरा हटाउन अनुरोध गरेको छ। पालिकाले मंगलबार एक सुचना जारी गर्दै सुकुटे–कालिका सडक खण्डका सडक निर्माण क्षेत्रमा रहेका घर टहरा हटाउन अनुरोध गरेको हो। 


प्रदेश सरकारको वार्षिक स्विकृत कार्यक्रम अनुसार उक्त सडक खण्डको लागि बजेट विनियोजन भई ठेक्का प्रक्रियाबाट स्तरोन्नतिको काम अघि बढेको जनाइएको छ। सडक निर्माण क्षेत्रमा भएको टहराले स्तरोन्नतीको काममा बाधा पुर्याउने भएकाले सात दिनभित्र टहरा हटाएर सहयोग गरिदिन गाउँपालिकाले अनुरोध गरेको छ। 


 सामुदायिक वन संरक्षण गर्दै लुङ्ग्री सरकार
रोल्पाको लुङ्ग्री गाउँपालिकाले बन संरक्षण अन्तर्गतको कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। 


कार्यक्रममा सहभागी हुन गाउँपालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिको आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने पालिकाले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


 क्यालेण्डर छपाईका लागि फोटो उपलब्ध गराउन अनुरोध
खोटाङको केपिलासढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को क्यालेण्डर छपाई गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी बर्षको कार्यक्रमलाई समेटेर क्यालेण्डर छपाई गर्न लागेको जनाएको हो । 


गाउँपालिका भित्र हुने सबै कार्यक्रमहरु समेटेर क्यालेण्डर छपाई गर्नका लागि तस्विर उपलब्ध गराउन अनुरोध गरेको छ । पालिका भएको सांस्कृतिक, पर्यटकीय, स्थानीय मौलिकता झल्कने, सामाजिक परिवेश बमोजिम गाउँपालिकालाई चिनाउने उत्कृष्ट फोटोहरु उपलब्ध गराउन गाउँपालिकाले अनुरोध गरेको छ। 


कुक तालिम सञ्चालन गर्दै माछापुच्छ्रे गाउँपालिका
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै ४० जना स्थानियलाई एक महिने कुक तालिम प्रदान गर्न लागेको जनाएको छ। 


व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको ललितपुरको आर्थिक सहयोगमा गाउँपालिकाले तालिम सञ्चालन गर्न लागेको हो। तालिममा सहभागि हुन इच्छुक व्यक्तिले सुचना प्रकासन भएको १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्न सकिने सुचनामार्फत जनाइएको छ । 


 भरतपुरमा आठ महिनामा चार मुद्दा फैसला
चितवनको भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको फैसला भएको हो ।


भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये एउटा मुद्दा जिल्ला अदालत चितवन गएको छ । अन्य दुईवटा क्षेत्राधिकारभन्दा बाहिर भएकाले अदालत पठाइएको उनले बताए। 


 किसानलाई अनुदानमा कृषि उपकरण
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। 


महानगरले हाते ट्र्याक्टर दुई सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर छ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।