close

अध्यक्षको कार्यभार वडाध्यक्षलाई, उपाध्यक्ष फायर

अध्यक्षको कार्यभार वडाध्यक्षलाई, उपाध्यक्ष फायर

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा अध्यक्षको जिम्मेवारी वडाध्यक्षले पाएका छन् । अध्यक्षको अनुपस्थितिमा अध्यक्षको कार्यभार उपाध्यक्षले  सम्हाल्ने कानुनी प्रावधानलाई बेवास्ता गर्दै सोको जिम्मेवारी गाउँ कार्यपालिकाले वडा नम्बर-१का  वडाध्यक्ष चुल्हाई प्रसाद यादवलाई दिएको हो । 

  अध्यक्ष बैजुप्रसाद गुप्ता केही दिनयता  फरार छन् । 

जसप्रति उपाध्यक्ष पदमा निर्वाचित फातुमा खातुन अन्सारीले आपत्ति जनाउँदै आफूलाई कार्यवाहक दिन माग गरेकी छन्। 

यो विषयमा विवाद भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दकर्फा १६ को उपदफा ४ को खण्ड 'क' र 'ख'मा अध्यक्ष अनुपस्थित भए कार्यभार उपाध्यक्ष वा उपप्रमुखले सम्हाल्ने व्यवस्था छ।

अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भए । उनलाई ५ दलीय गठबन्धनको समर्थन थियो। उपाध्यक्ष अन्सारी कांग्रेसबाट निर्वाचित भएकी थिइन्। तीन वडाध्यक्ष माओवादी केन्द्र, दुई जना नेपाली कांग्रेस र एक जना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए ।