close

स्वास्थ्यसम्बन्धी पालिकास्तरी दुईदिने गोष्ठि सम्पन्न

स्वास्थ्यसम्बन्धी पालिकास्तरी दुईदिने गोष्ठि सम्पन्न

Trulli
ADVERTISEMENT

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा स्वास्थ्यसम्बन्धी पालिकास्तरीय दुईदिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा नगरका सबै स्वास्थ्यचौकीका प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेर गरेका थिए । 

गोष्ठीमा स्थानीय तहभित्रका स्वास्थ्य संस्थाको  तुलनात्मक विश्लेषण गर्ने,कार्यक्रम संचालनमा देखिएका कमी कमीकमजोरी,परीक्षण गर्ने र सुधार पर्ने पक्षहरु पत्ता लगाइ लक्ष्य प्राप्तिसम्म पुग्ने मार्ग पहिचान गर्ने,संचालित कार्यक्रमले सम्बन्धित क्षेत्रका बासिन्दा र विशेषगरी महिला तथा वञ्चितिमा  परेका समुदायहरूलाई उपलब्ध स्वास्थ्य सेवाको उपभोगको अवस्था, उनीहरूले सेवा उपभोग गर्न भोग्नु परेका बाधा अवरोध पता लगाइ संशोधनका लागि रणनिती तयार गर्ने,स्थानीय तहमा स्वास्थ्यका योजना तर्जुमाका लागि प्राथमिकता क्षेत्र पहिचान गरी कार्य योजना तयार गर्नेलगायत थिए ।