close

सुनौलो परिवार नेपाललाई महानगरद्धारा ५० हजार जरिवाना

सुनौलो परिवार नेपाललाई महानगरद्धारा ५० हजार जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाले सुनौलो परिवार नेपाल नामक संस्थालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

उक्त संस्थाले सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर मिसाएको भन्दै महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको हो । महानगरपालिकाको वडा ५ स्थित सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको थियो ।

महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले बर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई पनि महानगरपालिकाले कारबाही गर्दै जाने चेतावनी दिए।  

उनका अनुसार  काठमाडौंसहित उपत्यकाका सबै नगरको फोहोर बञ्चरे डाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ ।'यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ, ' उनले भने, 'हानीकारक फोहोरलाई उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ ।'