close

साकेलामा जेष्ठ नागरिकको यातायात भाडामा सहुलियत

साकेलामा जेष्ठ नागरिकको यातायात भाडामा सहुलियत

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई यातायात भाडामा सहुलियत प्रदान गर्ने भएको छ । गाउँपालिकाले यातायात प्रयोगमा सहजता ल्याउनका लागि भाडामा सहुलियत प्रदान गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार दलित जेष्ठ नागरिकको हकमा ६० वर्षदेखि माथिका र अन्य जेष्ठ नागरिकहरुको हकमा ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बसमा यात्रा गर्दा सहुलियत उपलब्ध गराउने भएको हो ।

गाउँ कार्यपालिकाको निर्णयले गाउँपालिकाको केन्द्रदेखि बिराटनगर र सोही स्थानदेखि काठमाडौंसम्म यात्रा गरे बापत वर्षको दुईपटक बस भाडामा छुट दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले जानकारी दिए । तर जिल्लामा यात्रा गर्ने जेष्ठ नागरिकहरुलाई वर्षभरी हरेक  यातायात भाडा व्यहोरिने निर्णय भएको अध्यक्ष राईले बताए ।

जेष्ठ नागरिकले यातायात भाडा छुट प्राप्त गर्नका लागि यातायात व्यवसायी संघ, गाउँपालिका र वडा समितिको तर्फबाट त्रिपक्षीय दस्तखत भएको टिकट हुनुपर्ने समेत निर्णय गरिएको छ । जेष्ठ नागरिकको यातायात भाडा भुक्तानीका लागि यातायात व्यवसायी संघले त्रिपक्षीय दस्तखत भएको टिकट पेश गर्नुपर्ने साथै उक्त निर्णय यही फागुन १५ गतेबाट लागू भएर ०८० असार मसान्तसम्मको लागि कायम गरिएको बताइएको छ ।