close

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा  न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आयोजनामा  प्रज्ञा प्रतिस्ठानमा बुधबारदेखि सम्मेलनको सुरु भएको हो । 

सम्मेलन आज र भोलि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले जानकारी दिइन् । 

उनका अनुसार दुई दिने सम्मेलनबाट मुलुकभरका स्थानीय असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताइन् । 

सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलनका विषयमा केन्द्रित हुने उनले बताइन्। साथै स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवद्र्धनसम्बन्धी विषय पनि समेटिनेछ । 

कार्यक्रममा महानगरका प्रमुख बालेन्द्र शाहले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिन पनि वातावरण बनाउन अनुरोध गरेका छन् । उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताएका छन् ।


उनले भने ‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा हिँडेर आउन नपरोस । पालिकाका न्यायिक समितिबाट न्याय गाउँमै पाउन सकेकाे छ ।'