close

न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले  न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजनामा न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता तथा वडा कार्यालयका कर्मचारीको लागि सो कार्यक्रम सञ्चालन गरेको हो । 

गाउँपालिकाले समृद्धिका लागि वन परियोजना अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममा पालिकाभित्रका विभिन्न व्यक्ति तथा  पाल्पाका श्रेष्तेदारहरुको सहभागिता रहेको जनाएको छ । 

क्षमता अभिवृद्धि कार्यक्रममा जिल्ला अदालत पाल्पाका न्यायाधिश श्रीमान् कमल राज बिष्ट, श्रेष्तेदार श्री दुर्गा प्रसाद बस्याल र सहायक वन अधिकृत श्री उपेन्द्र अर्यालले प्रशिक्षण दिएका थिए ।