close

बागचौर नगरको वडा नम्बर -६मा पुग्यो विद्युत्

बागचौर नगरको वडा नम्बर -६मा पुग्यो विद्युत्

Trulli
ADVERTISEMENT

काठमाडौं । सल्यानको बागचौर नगरपालिका-६ को वडा कार्यालयमा विद्युत् लाइन पुगेको छ । वडामा विद्युत् पुगेपछि  मंगलबार बागचाैर नगरपािलकाका नगरपप्रमुख जनकराज गौतमलेले स्वीच अन गरेर उद्घाटन गरेका गरे । 

विद्युत् लाइन उद्घाटन गर्दै बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले वडाको प्रमुख समस्याको रुपमा रहेको  विद्युत लाइन बिस्तार हुदा खुसी ब्यक्त गरे ।

उनले वडाका सबै बस्तीहरुमा आफ्नो कार्यकालभित्र विद्युत लाइन विस्तार गर्ने लक्ष्य लिएको बताएका छन् । चाँडै नै वडाका  सबै नागरिकलाई विद्युत‍्को पहुँचमा पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरे । 

नगरपालिकालाई प्रविधिमैत्री बनाउन विद्युत महत्त्वपूर्ण रहेकाले यसलाई प्रमुख प्राथमिकता दिएर काम गर्ने उन भनाइ छ । 

विद्युत् पुगेसँगै वडावासी खुसी भएका छन् ।