close

साल्पा सिलिछो गाउँपालिकाले काठमाडौैंबाटै पालिकाका सेवा प्रवाह

साल्पा सिलिछो गाउँपालिकाले काठमाडौैंबाटै पालिकाका सेवा प्रवाह

Trulli
ADVERTISEMENT

काठमाडौं । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले काठमाडौैंमा अस्थायी बसोबास गर्ने आफ्ना नागरिकलाई काठमाडौंबाटै प्रवाह गरेको छ । 

गाउँपालिका र वडाबाट दिने जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायत सेवा शिविरबाट दिइएको पालिका अध्यक्ष दौलथ कुलुङले बताए । 

‘हामीलाई निर्वाचनमा मत दिन काठमाडौैंबाट गाउँसम्म पुगेका मान्छेलाई एउटा सिफारिसकै लागि फेरि गाउँसम्म जाँदा कति तनाव होला ?’ कुलुङले भने, ‘रोजगारी, अध्ययन र अवसरको लागि काठमाडौं बसे पनि उहाँहरु हाम्रै जनता हो । उहाँहरुको सेवा गर्नु हाम्रो दायित्व हो ।’

बिहीबार बिहान गरी १ सय ५० जनाले गाउँपालिबाट गर्नुपर्ने सिफारिस लिएका छन् । सिफारिस लिनेहरुमा मुख्यगरी जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित, विवाह प्रमाणित, सामाजिक सुरक्षा नवीकरण र नयाँ सेवा, बसाइसराइलगायत रहेको कुलुङले बताए ।

शिविरको लागि गाउँपालिका सबै वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र कर्मचारीहरु भोजपुरबाट काठमाडौं आएका थिए । कुलुङले जनप्रतिनिधि काठमाडौं बस्दा आफ्नै खर्चमा बसेको बताए ।