close

काठमाडौं महानगरका वडाध्यक्षहरूको आरोप : मेयर साब एक्लै हिँड्न खोज्नुभयो

काठमाडौं महानगरका वडाध्यक्षहरूको आरोप : मेयर साब एक्लै हिँड्न खोज्नुभयो

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरका वडाध्यक्षहरूले महानगरप्रमुख मेयर बालेन साहको चर्काे विरोध गरेका छन् ।

बिहीबार बसेको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूले महानगरप्रमुख एक्लै हिँड्न खोजेको भन्दै मेयर साहको चर्को विरोध गरेका हुन् । 

वडा नम्बर १०का वडाध्यक्ष रामकुमार केसीले टिमसँग सहकार्य गर्न सुझाव दिए । मेयर असफल भए आफूहरू पनि असफल हुने उनको भनाइ थियो । 

उनले भने, ‘मेयर साब मन्त्रालय जानुहुन्छ, सिसडोल जानुहुन्छ, कुन कुन ठाउँ जानुहुन्छ फोहोर सम्बन्धी कुरा गरिरहनुभएको छ’ उनले भने, ‘त्यो गर्दा आफ्नो टिमलाई लिएर जानुभएको छ रु हामीलाई मात्र होइन, फोहोर मैलाको टिमलाई सोध्दा पनि थाहा छैन भन्छन् ।’
यस्तै, वडा नम्बर ३०का वडाध्यक्ष दलबहादुर कार्कीले काठमाडौं महानगरको फोहोर बागमतीमा बगाइदिनुपर्ने बताए ।

यस्तै, उनले काठमाडौंबासी केन्द्र सरकारविरुद्ध लाग्न बाध्य भएको बताए ।