close

चाँगुनारायण नगरले बालबालिकाका गतिविधि समेटी बुलेटिन प्रकासन गर्ने

चाँगुनारायण नगरले बालबालिकाका गतिविधि समेटी बुलेटिन प्रकासन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालबालिकाको गतिविधि समेटी बुलेटिन प्रकाशन गर्ने भएको छ । 
मंगलबार नगरले एक सूचना निकाली सो जानकारी दिएको हो । 

बुलेटिनमा बालविवाह, बाल यौन हिंसा, लागु दुर्व्यसन, इन्टरनेटको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, बाल उद्यानको महत्व, किशोरावस्थामा देखिने परिवर्तनलगायत विषयमा कथा, कविता, निबन्ध, नाटक, गजलजस्ता लेख रचना समेटिने जारी सूचनामा उल्लेख छ । 

बुलेटिनमा समावेश लेखका लागि नगरले सबै वडा, कार्यालय, विद्यालय,स्वास्थ्य चौकीलाई सूचनापाटीमा सूचना टाँस्न अनुरोध गरेको छ । 

बालबुलेटिनमा साउनदेखि कात्तिकसम्मको विषयवस्तु समेटी चौमासिक रुपमा प्रकाशन गरिने जारी सूचनमा उल्लेख छ।