close

पत्रकार सिञ्जालीलाई निवृत्तिभरण रकम

पत्रकार सिञ्जालीलाई निवृत्तिभरण रकम

Trulli
ADVERTISEMENT

चितवन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यका लागि सुरु गरिएको ज्येष्ठ पत्रकार निवृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार वीरबहादुर सिञ्जालीलाई आज हस्तान्तरण गरिएको छ । सो नगरपालिकाको सहयोगमा सिञ्जालीलाई निवृत्तिभरण रकम उपलब्ध गराइएको हो । 

सिञ्जालीकै निवासमा नगर प्रमुख शम्शेर लामाले यस आर्थिक वर्ष भरिको एकमुष्ठ रकम ५० हजार हस्तान्तरण गरेका हुन्।  सो अवसरमा लामाले महासङ्घको आग्रहमा एकमुष्ठ रकम उपलब्ध गराएको बताए । 

आउँदो वर्षबाट कार्यविधि बनाएर निवृत्तिभरण रकम वितरण गरिने उनले बताए । महासङ्घका सदस्यमध्ये ५५ वर्ष काटेका महिला, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका पत्रकार एवं बाँकी ६० वर्ष काटेका सबैका लागि स्थानीय पालिकासँग सहकार्य गरेर निवृत्तिभरण रकम वितरण गर्न थालिएको हो । 

राप्तीमा कार्यविधि बनाएर आउँदो वर्षबाट रकम वितरण गरिने नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकामा मापदण्ड पुगेका महासङ्घका सदस्य छैनन् ।