close

घरघरमा सेवा प्रदानका लागि एकीकृत घुम्ती शिविर

घरघरमा सेवा प्रदानका लागि एकीकृत घुम्ती शिविर

Trulli
ADVERTISEMENT

रुकुम । आठविसकोट नगरपालिकाले शिविर सञ्चालन गरेर पालिकावासीलाई सेवा प्रदान गर्ने भएको छ । 

ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता, पञ्जीकरण,योजना सम्झौता र अपाङ्गता परिचय-पत्र वितरणलगायत सेवा दिने भएको हो । 

बृद्धाअवस्था, अशक्तताका कारण सेवा लिनका लागि नगरपालिकाको कार्यालयसम्म पुग्ने नसक्नेका लागि   वडा–वडामा पुगेरमार्फत सेवा दिन लागिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाका अनुसार शिविर यही कातिक १८ गते १४ नम्बर वडा कार्यालयमा, कातिक २९ गते ६ नम्बर वडा कार्यालयमा, कातिक २१ गते ४ नम्बर वडा कार्यालयमा, कातिक २३ गते २ नम्बर वडा कार्यालयमा र  कातिक २४ गते ३ नम्बर वडा कार्यालयमा सञ्चालन हुने तालिका छ ।