close

पहिलो दिन २७५ साईन बोर्ड हटाइयो

पहिलो दिन २७५ साईन बोर्ड हटाइयो

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पहिलो दिन २७५ वटा साइन बोर्ड हटाएको छ । महानगरपालिकाले हिजोदेखि सहरमा अनधिकृत रुपमा राखिएको साइन बोर्ड हटाउन सुरु गरेकाे हाे। 

पहिलो दिन महानगरभित्रका ४ वटा स्थानका साइनबोर्ड हटाएको महानगरपालिकाले जनाएको छ । महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाकाअनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको छ । 

 उनले ३० बर्गफुटभन्दा ठूलो आकारको साइन बाृर्ड हटाएको बताए ।  भ¥याङ्, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गरी पत्येक टोलीमा १५ जना रहेको महानगरपालिकाले जनाएको छ ।