close

कागेश्वरी मनोहरामा आज शोक विदा

कागेश्वरी मनोहरामा आज शोक विदा

Trulli
ADVERTISEMENT

काठमाडौँ  । कागेश्वरी मनोहरा नगरपालिकाले मंगलबार शोक विदा दिएको छ । नगरपालिकाले मंगलबार बिहान एक सूचना जारी गर्दै शोक विदा दिएको हो । 

नगरपालिकाका निर्वतमान न्यायिक समितिका सदस्य तथा निर्वतमान प्रवक्ता राजाराम पुडासैनीको निधनमा शोक विदा दिएको सो सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाको अनुसार उनी २०५४ का तत्कालीन डाँछी गाविसका अध्यक्ष तथा गाविस महासंघ नेपालका काठमाडों जिल्ला सचिव समेत हुन् । 

गत मंसिर चार गते उनको निधन भएको हो । सूचनाअनुसार नगरपालिकामातहतका कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय विदा हुने छ ।