close

मापदण्ड अनुसार अनुगमन समिति बनाउन गोदावरीको निर्देशन

मापदण्ड अनुसार अनुगमन समिति बनाउन गोदावरीको निर्देशन

Trulli
ADVERTISEMENT

ललितपुर । गोदावरी नगरपालिकाले कार्यविधिको मापदण्डअनुसार अनुगमन समिति गठन गर्न अनुरोध गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिका मातहतमा रहेका वडा कार्यालयसँग सो अनुरोध गरेको हो । 

सूचना अनुसार नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७६ को दफा १३ को उपदफा १ बमोजिम समितिको गठन गर्न अनुरोध गरेको हो । 

सो व्यवस्था अनुसार भेलाबाट कम्तिमा एक जना महिलासहित ३ सदस्यीय समितिको गठन गर्नुपर्ने व्यवस्था रहेको पालिकाले जनाएको छ । तर पालिकामा गठन भएको समितिमा वडा अध्यक्षलाई संयोजक बनाइएको पाइएको छ ।