close

तीन पालिकाको साझेदारीमा दमकल सञ्चालन गर्ने तयारी

तीन पालिकाको साझेदारीमा दमकल सञ्चालन गर्ने तयारी

Trulli
ADVERTISEMENT

सर्लाही । सर्लाहीको तीन वटा स्थानीय तहको साझेदारीमा दमकल सेवा सञ्चालनमा आउने भएको छ । जिल्लाको हरिवन नगरपालिका, बागमती र इश्वरपुर नगरपालिकाको साझोदारीमा दमकल सेवा सञ्चालनमा आउन लागेको हो । 

 सोका लागि तीन वटै पालिकाले  वार्षिक तीनतीन लाख व्यहोर्ने सहमती  भएको जनाइएको छ । 

आवश्यक परेको बखत परिचालन गर्ने  गरी तीनवटै नगरपालिकाबीच सम्झौता भएको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कलम)ले जानकारी दिए । 

नगरपालिकाको कुनै पनि क्षेत्रमा आगलागीजन्य घटना भएमा अविलम्ब उक्त क्षेत्रमा वारुणयन्त्र पु¥याई आगलागी नियन्त्रण कार्यमा सहयोग पु¥याउने लगायतका विषयहरु सम्झौतापत्रमा समेटिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्यले बताए । अब दमकल सञ्चालन गर्न सहज हुने हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।