close

सुनवलमा वडावडाबाट योजना सम्झौता

सुनवलमा वडावडाबाट योजना सम्झौता

Trulli
ADVERTISEMENT

नवलपरासी ।  सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । नगरसभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको हो । 

वडाबाटै योजना सम्झौता हुन थालेपछि नगरवासीलाई सहज भएकोनगरप्रमुख बिमला अर्यालले बताइन्।  

सम्बन्धित वडामा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारीसहितको टोली  पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गर्ने काम भइरहेको नगरप्रमुख अर्यालले बताइन्।

'वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिन्छ, उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ', नगरप्रमुख अर्यालले भनिन्, 'सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडावडामै योजना सम्झौतालाई अभियानका रूपमा अगाडि बढाइएको हो ।' 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरवासी लाभग्राहीका लागि  यो एक प्रकारको घुम्ती सेवा जस्तै भएको सुनाए ।  'उपभोक्ता समितिले योजना सम्झौतापश्चात् अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए हुन्छ', उनले भने ।

जम्मा १३ वडा रहेको नगरपालिकाका हालसम्म वडा नं ४, ५ र १२ मा यो कार्यको सुरुवात भइसकेको छ ।  बाँकी वडामा क्रमशः सम्झौता गरिने छ ।